Ad Image

धनगढी उपहानगरको वडा स्वास्थ्य क्लिनिकबाट ९२ हजार बढीले लिए सेवा

No Author Assigned | ११ महिना अगाडि
Image of storage/news/1721300719.jpg

धनगढी उपहानगरपालिकाले १९ वटै वडामा सञ्चालन गर्दै आएको वडा विशेषज्ञ स्वास्थ्य क्लिनिकबाट ९२ हजार ३४२ जनाले सेवा लिएका छन्।

 

धनगढी उपमहानगरपालिकाले २०७९ साउन १ गतेबाट प्रत्येक वडामा सुरु गरेको विशेषज्ञ स्वास्थ्य सेवाबाट दुई वर्षमा ९२ हजार ३४२ जनाले सेवा लिएका हुन । धनगढी उपमहानगरका नगर प्रमुख गोपाल हमालका अनुसार दुई वर्षमा ४५ हजार ३५९ जनाले फिजिसियन, १७ हजार आठ सय ४८ जनाले स्त्री तथा प्रसूति सेवा, २६ हजार ६५ जनाले आँखा परीक्षण तथा उपचार सेवा, दुई हजार ९६१ जनाले दन्त उपचार सेवा, १०९ जनाले हाडजोर्नी, सात हजार ८५ जनाले प्रयोगशाला, चार हजार ९८० जनाले इसीजी, १० हजार ४०६ जनाले भिडियो एक्सरे सेवा र नौ हजार २४९ जना गर्भवती महिला पनि उपचार तथा स्वास्थ्य परीक्षण सेवा लिएका छन ।

 

 

आर्थिक अवस्था कमजोर भएकाहरुले रोग च्यापेर बाँच्नु पर्ने अवस्थाको अन्त्यका लागि उपमहानगरपालिकाले विशेषसहितको निःशुल्क वडा क्लिनिक सञ्चालन गर्दै आएको छ ।