Ad Image

घोराही उपमहानगरमा ३४ करोड बढी राजस्व सङ्कलन

No Author Assigned | ११ महिना अगाडि
Image of storage/news/1721303184.jpeg

घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०र०८१ मा ३४ करोड बढी राजस्व सङ्कलन गरेको छ।

 

घोराही उपमहानगरपालिका राजश्व शाखा प्रमुख कृष्ण केसीका अनुसार उपमहानगरले एक वर्षमा ३६ करोड राजश्व सङ्कलन गर्ने लक्ष्य राखेको ३४ करोड ६८ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको हो ।


उपमहानगरपालिकाले व्यवसाय कर, घरबहाल कर, मालपोत तथा सम्पत्ति करलगायत १९ वडा वडा कार्यालयसहित २० वटा काउन्टरबाट लक्ष्यभन्दा बढी १९ करोड ८३ लाख र मालपोतबाट प्राप्त हुने घरजग्गा रजिष्टेशनबाट १४ करोड ८५ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ।  


उपमहानगरले सबैभन्दा बढी नगरको राजश्व काउन्टरबाट आठ करोड ४१ लाख ६४ हजार तीन सय चार रुपियाँ ९१ पैसा, वडा नम्बर १५ बाट तीन करोड ४१ लाख ७८ हजार दुई सय ७८ पैसा र सबैभन्दा कम वडा नम्बर १९ बाट दुई लाख १५ हजार ८७ रुपियाँ ३९ पैसा राजस्व सङ्कलन भएको छ।