Ad Image

सखुवा प्रसौनी गाउँपालिका: त्रिशूलीमा बेपत्ता र मृत्यु भएकालाई जनही एक लाख २५ हजार दिँदै

No Author Assigned | ११ महिना अगाडि
Image of storage/news/1721309613.jpeg

पर्साको सखुवा प्रसौनी गाउँपालिकाले त्रिशूली नदीमा बस खसेर बेपत्ता भएका र मृत्यु भएका परिवारलाई राहतस्वरूप जनही एक लाख २५ हजार नगद दिने भएको छ ।

 

सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष यशवन्त यादवका अनुसार गत शुक्रबार बिहान त्रिशूली नदीमा खसेको बसमा सखुवा प्रसौनी गाउँपालिकाका चार र महुवन स्वास्थ्य चौकीमा कार्यरत एकसहित पाँचजना परेकाले राहतस्वरूप जनही एक लाख २५ हजार रुपैयाँ उपलब्ध गराउने भएको हो ।

 

बस उक्त दुर्घटनामा परेर नदीमा बेपत्ता भएका सखुवा प्रसौनी गाउँपालिकाका एकै परिवारका तीनजनासहित पाँचजनामध्ये अहिलेसम्म एकजनाको मात्र शव भेटिएको गाउँपालिका अध्यक्ष यादवले बताए ।