न्यूरोडको फुटपाथ विस्तारमा स्थानीयको विरोधपछि प्रहरी परिचालन
No Author Assigned | ११ महिना अगाडि
काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रको फुटपाथ विस्तारको काम सुरु गरेपछि स्थानीयले विरोध गरेका छन्।
उच्च अदालतले फुटपाथ विस्तारको बाटो खोलिदिएपछि काठमाडौं महानगरपालिकाले बुधवारदेखि पुनः काम सुरु गर्दा स्थानीयले असन्तुष्टि जनाउँदै पुनः विरोध सुरु गरेपछि अहिले न्युरोड क्षेत्रमा नेपाल प्रहरी, नगरप्रहरी लगायत तैनाथ गरिएको छ।
यसअघि काठमाडौं महानगरपालिकाले न्यूरोडमा फुटपाथ विस्तारका लागि सडकको कालोपत्रे समेत भत्काइसकेको अवस्थामा सडक डिभिजन कार्यालयले हस्तक्षेप गरेर सामान जफत गरिदिएपछि महानगरपालिकाले काटेको कालोपत्रे पनि टालेको थियो।