काठमाडौं महानगरले सुरु गर्यो सेवाग्राही सर्वेक्षण कार्यक्रम
काठमाडौं महानगरले गत वर्षदेखि कार्यान्वयनमा ल्याएको महानगर स्वर्णिम योजनाअन्तर्गत सामाजिक विकास विभागले सञ्चालन गरेको ‘साथी महानगर’ कार्यक्रमले सर्वेक्षण थालेको हो ।
Mayorsap
शुक्र, साउन ४, २०८१ | ०८:४३ बजे
काठमाडौं महानगरपालिकाले प्रवाह गर्ने सेवाको गुणस्तर र सन्तुष्टिको स्तर मापनका लागि ‘साथी महानगर’ कार्यक्रमले सर्वेक्षण सुरु गरेको छ । सेवाग्राही सर्वेक्षण महानगरको केन्द्रीय कार्यालय, काठमाडौं प्लाजाको पहिलो तला ९(एकल सेवा केन्द्र भएको स्थान) बाट सुरु गरिएको हो ।
काठमाडौं महानगरले गत वर्षदेखि कार्यान्वयनमा ल्याएको महानगर स्वर्णिम योजनाअन्तर्गत सामाजिक विकास विभागले सञ्चालन गरेको ‘साथी महानगर’ कार्यक्रमले सर्वेक्षण थालेको हो ।
सर्वेक्षण सुरु भएको पहिलो दिन बिहीबार नै ३३ जना सेवाग्राहीले फाराम भरेका छन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारका अनुसार महानगरपालिकामा सेवाको गुणस्तर र सन्तुष्टिको स्तर मापनका लागि बेन्च मार्किङ गरिने छ ।