Ad Image

सिमलताल दुर्घटना : रौतहटका ११ जनाको परिवारलाई बौद्धीमाई नगरपालिकाको आर्थिक सहयोग

No Author Assigned | ११ महिना अगाडि
Image of storage/news/1721561719.jpg

रौतहटको बौद्धीमाई नगरपालिकाले त्रिशूली नदीमा बस खसेर ज्यान गुमाएका ११ जनाको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।

 

चितवनको सिमलतालमा असार २८ गते गणपति डिलक्स बस त्रिशूलीमा खसेर ज्यान गुमाएका रौतहटका ११ जना परिवारलाई नगरप्रमुख प्रदिपकुमार यादवले जनही पचास हजार रुपियाँको दरले आर्थिक सहयोग उपलब्ध गराएका हुन।

 

बौद्धीमाई नपा– १ अजगैवी बो हरिचन्द्र यादव, बलि राउत कुर्मी, वडा नम्बर २ इनर्वाका रामकुमार पटेल, वडा नम्बर ३ मटिअर्वाका पर्शुराम साह बनियाँ र मिना देवी, वडा नम्बर ४ ईनरवारी शलेन्द्र पटेल, गुडु पटेल, प्रिन्स जयसवाल, वडा नम्बर ७ का अमरिता देवी, प्रिती कुमारी, शिवशङ्कर कुमार गरी ११ जनाको परिवारलाई सहयोग रकम उपलब्ध गराइएको नगरप्रमुख यादवले बताए ।