मेयरसाप

केपी ओली

भरतपुर महानगरपालिका

राजनीति

सम्पादकीय

स्वास्थ्य

हेटौंडा उपमहानगरपालिका

मेयर्स फोरम

मनहरी गाउँपालिका

सिदिङ्वा गाउँपालिका

छत्रकोट गाउँपालिका

देवचुली नगरपालिका

घरपझोङ गाउँपालिका–३मा खेल पर्यटनका लागि खेलकुद मेला

मुस्ताङको घरपझोङ गाउँपालिका–३, स्याङगाउँमा शनिबारदेखि सुरु भएको खिल्हा पर्वका अवसरमा खेलकुद मेला समेत सञ्चालन गरिएको हो ।

Mayorsap

आइत, साउन ६, २०८१ | ०६:४९ बजे

हिमालपारिको जिल्ला मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनुका साथै आफ्नो संस्कृतिको जगेर्नाका लागि खेलकुद मेला सुरु भएको छ ।

 

मुस्ताङको घरपझोङ गाउँपालिका–३, स्याङगाउँमा शनिबारदेखि सुरु भएको खिल्हा पर्वका अवसरमा खेलकुद मेला समेत सञ्चालन गरिएको हो । खिल्हा पर्व अवधिमा गाउँभित्र परम्परागत प्रचलनअनुसार याकनाच र जोगी नाचहरू देखाइने चलन रहेको जिल्ला समन्वय समिति मुस्ताङका उपप्रमुख आइतेलाल थकालीले बताए ।  उनले स्याउँगाउँको धार्मिक तथा सांस्कृतिक पर्व खिल्हा पर्वलाई गाउँले मिलेर पर्यटन प्रवर्धनलाई थप टेवा पुग्नेगरी यस पटक बृहत् खेलकुद मेला सञ्चालन गरिएको जनाए ।

 

परम्परागत रूपमा गाउँले मात्र मिलेर मनाइने खिल्हा पर्वलाई यस पटक स्याउगाउँले विभिन्न खेलकुदका कार्यक्रम सञ्चालन गरिरहेको छ । यस पटक खुल्ला भलिबल प्रतियोगिता, खुल्ला आर्चरी प्रतियोगिता, स्थानीय तारा खेल प्रतियोगिता, घोडा दौडलगायतका खेलकुदका गतिविधि पनि समेटिएको थकालीको भनाइ छ ।

 

शनिबार साउन ५ गतेदेखि सुरु भएको खेलकुद गतिविधि साउन ९ गतेसम्म सञ्चालन हुने छ । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology