मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

बालेन शाह

पोखरा महानगरपालिका

विद्यालय

उपनिर्वाचन

धनगढी उपमहानगरले छिमेकी पालिकालाई पनि शव चिस्यान सेवा दिने

धनगढी नगरवासीलाई गत मङ्सिरबाट सेवा दिँदै आएको सो पालिकाले माग भएपछि छिमेकी पालिकालाई पनि शव चिस्यान सेवा दिने निर्णय गरेको हो।

Mayorsap

शुक्र, साउन १८, २०८१ | ०५:३८ बजे

धनगढी उपमहानगरपालिकाले छिमेकी पालिकाहरूलाई पनि शव चिस्यान सेवा दिने भएको छ।




धनगढी नगरवासीलाई गत मङ्सिरबाट सेवा दिँदै आएको सो पालिकाले माग भएपछि छिमेकी पालिकालाई पनि शव चिस्यान सेवा दिने निर्णय गरेको हो। त्यसका लागि धनगढी उपमहानगरपालिकाले बिहिवार थप दुई वटा शव चिस्यान यन्त्र खरिद गरेको छ। 



यसअघि, उपमहानगरले तीन वटा शव चिस्यान यन्त्र खरिद गरेर नगरवासीलाई सेवा दिँदै आएको थियो। अब धनगढीसँग सिमाना जोडिएका कैलालीको गोदावरी, गौरीगङ्गा नगरपालिका, कैलारी गाउँपालिका र कञ्चनपुरको कृष्णपुर तथा पुनर्वास नगरपालिकालाई पनि सो सेवा दिने नगर प्रमुख गोपाल हमालले बताए।  



छोराछोरी वा अन्य आफन्त विदेश भएका व्यक्तिको मृत्यु भएमा विदेश भएकाहरू नफर्कुञ्जेलसम्मका लागि शव सुरक्षित राख्न शव चिस्यानको प्रयोग भइरहेको छ। शव चिस्यान यन्त्रको माग भएपछि नगर प्रहरीले मृतकको घरसम्मै पुर्‍याउने गरेको छ।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology