मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

बालेन शाह

पोखरा महानगरपालिका

विद्यालय

उपनिर्वाचन

काठमाडौं महानगरको विभागीय प्रमुखहरुको जिम्मेवारी हेरफेर

काठमाडौँ महानगरपालिकाले दशौँ तहका अधिकृतहरुको जिम्मेवारी हेरफेर र वढुवा भएर महानगरपालिकामा शिफारिस भएर आएका नवौँ तहका अधिकृतहरुलाई पदस्थापन गरेको छ ।

Mayorsap

बुध, साउन २३, २०८१ | १७:१२ बजे

काठमाडौँ महानगरपालिकाले दशौँ तहका अधिकृतहरुको जिम्मेवारी हेरफेर र वढुवा भएर महानगरपालिकामा शिफारिस भएर आएका नवौँ तहका अधिकृतहरुलाई पदस्थापन गरेको छ । यसरी जिम्मेवारी हेरफेर तथा पदस्थापन भएका अधिकृतहरुले पदको अभिभारा ग्रहण गरेका छन ।

  

खरिद एकाइबाट प्रशासन विभागमा प्रमुखको जिम्मेवारीमा आएका नमराज ढकाल र प्रशासन विभागबाट राजस्व विभागको जिम्मेवारीमा गएका दीपक अधिकारीले प्रशासन विभागसँग सम्बन्धित दायित्व, संस्थागत सूचनाका विषयमा छलफल गरे ।

 

 

यसैगरी, ध्रुवकुमार काफ्लेलाई सहकारी विभाग, बलराम त्रिपाठीलाई अन्तरराष्ट्रिय सम्बन्ध सचिवालय र रविनमान श्रेष्ठलाई मनोहरा जग्गा एकीकरण आयोजनामा प्रमुखको जिम्मेवारी दिइएको छ । उनीउहाँहरु यस अघि क्रमशः राजस्व विभाग,  सहकारी विभाग, खरिद एकाइ र वातावरण व्यवस्थापन विभागमा प्रमुखको जिम्मेवारीमा थिए । यसअघि प्रशासन महाशाखा प्रमुखका रुपमा कार्यरत सरिता राईलाई वातावरण व्यवस्थापन विभागमा निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ ।

 

 

वढुवा भएर महानगरपालिकामा शिफारिस हुनुभएका नवौँ तहका अधिकृतहरुलाई विभिन्न विभागमा पदस्थापन गरिएको छ । यसरी पदस्थापन हुनु हुने अधिकृतहरुमा धनबहादुर बस्नेतलाई सहरी योजना आयोगको सचिवालय प्रमुखको जिम्मेवारी दिइएको छ । यस अघि सचिवालय प्रमुखका रुपमा कार्यरत सरस्वती पोखरेललाई प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ । बस्नेत यसअघि धुलिखेल नगरपालिका काभ्रेमा कार्यरत थिए । हरिबहादुर पाटा मगरलाई न्याय प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ । दिपककुमार के. सी. लाई स्वास्थ्य विभागमा प्रमुखको जिम्मेवारी दिइएको छ ।

 

 

जगदिश अर्याललाई विपद व्यवस्थापन विभागको जिम्मेवारी दिइएको छ । समीक्षा निरौलालाई सामाजिक विकास विभागको प्रमुखको, रामरतन शाहलाई खरिद एकाईको प्रमुखको, हरिश्चन्द्र लामिछानेलाई सहरी व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ । यस्तै राज्यश्वरी शाहलाई एकल सेवा केन्द्र प्रमुखको जिम्मेवारी तोकिएको छ । यसअघि हेटौँडा उपमहानगरपालिकामा कार्यरत शाह काजमा काठमाडौँ महानगरपालिका आएका हुन।

 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology