मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

वडाध्यक्ष

बालेन शाह

पोखरा महानगरपालिका

हेटौंडा उपमहानगरपालिका

मेयर्स फोरमले प्रधानमन्त्री भेटेर भन्यो– विजुलीको पैसा तिर्दैनौं, लाइन काटे प्रतिवाद

मेयर्स फोरमका अध्यक्ष चिरिबाबु महर्जनको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री ओलीलाई भेटेर प्राधिकरणले मनलाग्दी रुपमा विद्युतको विल पठाएकोले सोको भुक्तानी गर्न नसक्ने जानकारी गराएको हो ।

Mayorsap

बुध, साउन २३, २०८१ | १९:२८ बजे

काठमाडौँ उपत्यका मेयर्स फोरमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सडक विद्युत महसुलको विवाद सुल्झाइदिन आग्रह गरेको छ ।

 

मेयर्स फोरमका अध्यक्ष चिरिबाबु महर्जनको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री ओलीलाई भेटेर प्राधिकरणले मनलाग्दी रुपमा विद्युतको विल पठाएकोले सोको भुक्तानी गर्न नसक्ने जानकारी गराएको हो । आफूहरुसँग स्रोत साधन कम भएको र विनाआधार प्राधिकरणले ‘लमसम’मा विल पठाउने गरेकोले गत आर्थिक वर्षसम्मको विल आफूहरुले नतिर्ने जानकारी प्रधानमन्त्रीलाई गराइएको फोरम अध्यक्ष महर्जनले जानकारी दिए ।

 

‘प्राधिकरणले हामीलाई पठाएको सडक बत्तीको विल छेउ न टुप्पोको छ । लमसममा यति करोड र उति करोड तिर भनिएको छ । आर्थिक वर्ष २०८०र८१ सम्मको विल हामी तिर्दैनौं । हामीले प्रधानमन्त्रीज्यूलाई यही भनेका हौं,’ ललितपुर महानगरको मेयरसमेत रहेका फोरम अध्यक्ष महर्जनले भने । उनले चालु आर्थिक वर्षदेखिको विल तिर्न आफूहरु तयार रहेको बताए । तर, यसमा पनि स्थानीय तहहरुले कुल महसुलको ६० प्रतिशत तिर्ने र बाँकी ४० प्रतिशत संघीय सरकारले तिर्नुपर्ने उनको भनाइ छ ।

 

‘काठमाडौँ उपत्यकामा ८ मिटरभन्दा फराकिला सडक संघीय सरकार अन्तरगत पर्दछन् । प्राधिकरणले ती सडकको महसुल पनि हामीलाई तिराउन खोजेको छ । ती सडकमा पनि बत्ती बलेका छन् । त्यसैले ४० प्रतिशत महसुल संघीय सरकारले तिर्नुपर्छ भनेका हौं,’ अध्यक्ष महर्जनले भने ।

 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology