मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

बालेन शाह

पोखरा महानगरपालिका

विद्यालय

उपनिर्वाचन

धनगढीमाई नगरपालिकाका दलित समुदायका विपन्नलाई फलफूलका बिरुवा र किसान कार्ड वितरण

सिराहाको धनगढीमाई नगरपालिका– १३ भोेर्लेनीमा दलित समुदायका विपन्न किसानलाई फलफूलका बिरुवा र किसान कार्ड वितरण गरिएको छ ।

Mayorsap

बिही, साउन २४, २०८१ | १३:१७ बजे

सिराहाको धनगढीमाई नगरपालिका– १३ भोेर्लेनीमा दलित समुदायका विपन्न किसानलाई फलफूलका बिरुवा र किसान कार्ड वितरण गरिएको छ ।

 

धनगढीमाई– १३ का वडाध्यक्ष सूर्यमान तामाङले स्थानीय २२ जना दलित समुदायका विपन्नलाई किसान कार्डसहित दुईवटा रोबर प्रजातिको केरा, एक–एकवटा लिची र कागतीको बिरुवा र स्प्रेयर, टमाटर, झिँगनी, खुर्सानी, भन्टा, रायोको सागको बिउ तथा दुई–दुई सय लिटर क्षमताको दुई थान ड्रम वितरण गरे ।

 

राष्ट्रिय कृषक समूह महासंघ, केयर नेपालको साझेदारीमा सञ्चालित पोषण बगैँचा कार्यक्रमअन्तर्गत दलित समुदायका विपन्न किसानलाई आफ्नै करेसाबारीमा विषादीरहित पोषणयुक्त सागसब्जी र तरकारी उब्जाएर पोषणमा पहुँच पुर्‍याउन फलफूल र सागसब्जीको बिउ बाँडिएको कार्यक्रम संयोजक दिलीप साहले जानकारी दिए । स्थानीय विपन्न दलित महिलाहरू आबद्ध रहेको सरस्वती महिला कृषक समूहका महिलाको लहानस्थित नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडसँगको सहकार्यमा कार्यक्रमअन्तर्गत दिइने सहयोग रकमको बैंकिङ कारोबारका लागि किसान कार्ड बाँडिएको बताए ।

 

भोर्लेनीका विपन्न दलित महिला किसानहरूलाई हरेकको बैंक खातामा दाखिला गरिएको १४ हजार पाँच सय रुपैयाँमध्ये मंगलबार पहिलो चरणमा आठ हजार रुपैयाँबराबरको बिउ, फलफूलका बिरुवासहित स्प्रेयर र ड्रम सामग्री बाँडिएको र बाँकी रकमबराबरको सामग्री दोस्रो चरणमा वितरण गरिने महासंघले जनाएको छ ।

 

महासंघका अनुसार धनगढीमाईको १४ मध्ये १ देखि १३ नम्बर वडा क्षेत्रका विशेषगरी दलित समुदायका विपन्न किसानको २७ समूहमा पोषण बगैँचा र निम्नमध्यम वर्गीय आर्थिक अवस्थाका किसानआबद्ध ५७ वटा समूहका लागि कृषक पाठशाला सञ्चालन भइरहेको छ ।

 

 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology