Ad Image

काभा महिला भलिवल, उपविजेता टोलीलाई प्रोत्साहन गर्न नगदसहित काठमाडौँ महानगरपालिकाको सम्मान

User Image Mayorsap | ९ महिना अगाडि
Image of storage/news/1723106963.jpg

काठमाडौं महानगरपालिकाले  ‘सेन्ट्रल एशियन भलिवल एशोसिएसन (काभा) महिला भलिवल नेसन्स लिगको उपविजेता टोलीलाई प्रोत्साहन गर्न नगदसहित सम्मान  गरेको छ  । 



काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाह (बालेन) ले  उपविजेता नेपाली टोलीका खेलाडीलाई जनही १ लाख रुपैयाँ, टिम म्यानेजर, मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक र थेरापिष्टलाई जनही ५० हजार रुपैयाँ नगदसहित सम्मान पत्र प्रदान गरेका हुन । प्रमुख शाहले विकासका लागि खेलाडीको प्रयत्नलाई नतिजामा रुपान्तरण गर्न सरकारी संयन्त्रले काम गर्नुपर्ने खाँचो रहेको बताए ।

 


सम्मान प्राप्त गर्ने खेलाडीहरुमा क्याप्टेन अरुणा शाहीसहित निरुता ठगुन्ना, शान्तिकला तामाङ्, सरस्वती चौधरी, सुमित्रा रेग्मी, उषा भण्डारी, कविता भट्ट, कामना विष्ट, संगम महतो, साफिया पुन, आरती सुवेदी, पुनम चन्द, प्रगति नाथ र सलिना श्रेष्ठ रहेका छन । खेलको टिम म्यानेजर निलमसिंह बज्राचार्य, मुख्य प्रशिक्षक जगदिशप्रसाद भट्ट र सहायक प्रशिक्षक भरत यादव र थेरापिष्ट रहेका छन ।