मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

बालेन शाह

पोखरा महानगरपालिका

विद्यालय

उपनिर्वाचन

काठमाडौं महानगरको बाल केन्द्रित बुक फ्री फ्राइडे, ‘सिर्जनात्मक’ र ‘सिप’ कक्षामा रमाए विद्यार्थी

शैक्षिक सत्र सुरु भएसँगै नियमित भएका बुक फ्री फ्राइडेका कार्यक्रममा विद्यार्थीहरु व्यवहारिक र प्रयोगात्मक सिकाइमा रमाएका हुन् ।

Mayorsap

शुक्र, साउन २५, २०८१ | २२:०६ बजे

 

काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयहरुमा सञ्चालन गरिरहेको बुक फ्री फ्राइडेका क्रियाकलापमा विद्यार्थीहरु रमाएका छन् । शैक्षिक सत्र सुरु भएसँगै नियमित भएका बुक फ्री फ्राइडेका कार्यक्रममा विद्यार्थीहरु व्यवहारिक र प्रयोगात्मक सिकाइमा रमाएका हुन् ।

 

महानगरपालिकाले कक्षा ४ देखि ८ सम्म ‘सिर्जनात्मक’ कक्षा र कक्षा ९ र १० मा ‘शिक्षामा सिप’ कार्यक्रम सञ्चालन गरिरहेको छ । सिर्जनात्मक कक्षाका लागि १५ विधाका उपसमूह गठन गरिएको छ । यसका लागि फोकल शिक्षकसँगै क्षेत्रगत ५४ वटा साझेदारसँग सहकार्य छ । विद्यार्थीहरुको रुचिलाई ध्यानमा राखेर हरेक विद्यालयमा १५ विधाका उपसमूह गठन गरिएको छ ।

 

शिक्षामा सिप कार्यक्रम सञ्चालन गर्न ४१ वटा साझेदारसँग सहकार्य छ । यसमा १० वटा विधाका कक्षा सञ्चालन हुन्छन् ।

 

प्रस्तुत छ शैक्षिक सत्र सुरु भएपछि विद्यालयमा कसरी कार्यक्रम सञ्चालन भइरहेको छ  भनेर काठमाडौं महानगरले तयार गरेको फोटो तथा भिडियो सामग्री  


 

 

 

 

 

 

 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology