मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

बालेन शाह

पोखरा महानगरपालिका

विद्यालय

उपनिर्वाचन

मधेशका थप ४ पालिकामा विस्तार भयो पोषण सुरक्षा कार्यक्रम

खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लष्टर एकाइ धनुषाका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत युगल किशोर तिवारीका अनुसार महोत्तरीको सम्सी र सोनमा गाउँपालिका तथा धनुषाको बटेश्वर र जनकनन्दनी गाउँपालिकामा कार्यक्रम विस्तार भएको छ ।

Mayorsap

शनि, साउन २६, २०८१ | १०:२८ बजे

मधेश प्रदेशका ४ वटा स्थानीय तहमा खाद्य तथा पोषण सुरक्षा कार्यक्रम  विस्तार गरिएको छ ।

 

मधेशका ४ वटा जिल्लामा कार्यान्वयनमा रहेको यो कार्यक्रम धनुषा र महोत्तरीका बाढी प्रभावित गाउँपालिकाका गरिब तथा विपन्न कृषकलाई लक्षित गरेर लागू गरिएको छ । खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लष्टर एकाइ धनुषाका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत युगल किशोर तिवारीका अनुसार महोत्तरीको सम्सी र सोनमा गाउँपालिका तथा धनुषाको बटेश्वर र जनकनन्दनी गाउँपालिकामा  कार्यक्रम विस्तार भएको छ ।

 

दोस्रो चरणअन्तर्गतको कार्यक्रमका लागि छनोट भएका पालिकामा आर्थिक वर्ष सुरू भएको पहिलो महिनामा ५ सय ४० भइसकेका छन्  । पहिलो चरणअन्तर्गत धनुषाका मुखियापट्टी मुसहरनीया, धनौजी तथा महोत्तरीको पिपरा र एकडरा गाउँपालिकामा कार्यक्रम सञ्चालन भइरहेको छ । कार्यक्रम मधेस प्रदेशका सप्तरी तथा सिरहा जिल्लामा पनि सञ्चालन भइरहेको छ ।

 

यो कार्यक्रम विश्व बैंकको अनुगमन, खाद्य तथा कृषि सङ्गठनको प्राविधिक सहयोग, ग्लोबल एग्रीकल्चर फुड सेक्युरिटी कार्यक्रमको आर्थिक सहयोगमा संघीय सरकारले कार्यान्वयनमा ल्याएको हो । 
 

 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology