Ad Image

उपचारको व्यवस्था गर्न नाम्खा गाउँपालिका– ५ को हिल्सावासीको माग

No Author Assigned | १० महिना अगाडि
Image of storage/news/1723279564.jpg

उत्तरी सीमा क्षेत्र नाम्खा गाउँपालिका– ५ को हिल्सावासीले उपचारको व्यवस्था गर्न माग गरेका छन् । स्थानीय स्वास्थ्य संस्थामा उपचारको व्यवस्था गर्न उनीहरुको माग छ ।

 

हिल्साका स्थानीय बिरामी भएपछि ३० किलो मिटर टाढास्थित चीनको ताक्लाकोट जानुपर्ने भएपछि गाउँपालिका र स्वास्थ्य सेवा कार्यालयसँग स्वास्थ्य संस्था स्थापना गरेर नियमित उपचारको व्यवस्था गर्न माग गरिएको हो ।

 

हिल्साका व्यावसायी मुकुमबहादुर तामाङले बिरामीका लागि उपचार गर्ने निकाय हिल्सामा नभएका कारण स्वास्थ्य संस्था स्थापना गर्न आवश्यक रहेको बताए। हिल्सामा कोही बिरामी भए चीनको ताक्लाकोटमा गएर उपचार गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।  गाउँपालिका र स्वास्थ्य सेवा कार्यालयसँग सामान्य उपचारको व्यवस्था गर्न समेत उनले आग्रह गरेका छन ।