मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

बालेन शाह

पोखरा महानगरपालिका

विद्यालय

उपनिर्वाचन

हुप्सेकोट गाउँपालिकामा किशोरावस्था पोषण सुधारका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न

कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूको पोषण स्तरमा सुधार ल्याउँदै स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्नु रहेको छ।

Mayorsap

सोम, साउन २८, २०८१ | ०८:१६ बजे

गण्डकी प्रदेशको हुप्सेकोट गाउँपालिकामा किशोर अवस्थाका विद्यार्थीहरूको पोषण, खाद्य सुरक्षा, र सरसफाइमा सुधार ल्याउने उद्देश्यका साथ नविनतम समाज विकास संस्थाले एक वर्षीय कार्यक्रमको शुभारम्भ गरेको छ। यो कार्यक्रम एनसेलको व्यावसायिक सामाजिक जिम्मेवारी कार्यक्रम अन्तर्गतको सहयोगमा सञ्चालन गर्न लागिएको हो।

 

कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूको पोषण स्तरमा सुधार ल्याउँदै स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्नु रहेको छ। उक्त कार्यक्रम अन्तर्गत हिजो हुप्सेकोट गाउँपालिकाको सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पूर्ण सिं राना मगरको अध्यक्षतामा जनप्रतिनिधिहरू, सरकारी अधिकारीहरू, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षकहरू, स्वास्थ्य अधिकृतहरू तथा पोषण क्षेत्रमा कार्यरत ५० भन्दा बढी प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

 

उपाध्यक्ष राना मगरले हुप्सेकोटमा यो कार्यक्रमको अत्यन्तै आवश्यकता रहेको र कार्यक्रम सञ्चालनमा गाउँपालिकाको पूर्ण सहयोग रहने बताए ।  विद्यालयका शिक्षक प्रतिनिधिहरूले कार्यक्रमलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा विभिन्न सुझावहरू राखे । कार्यक्रम संयोजक राजन भण्डारीले यस कार्यक्रमलाई विद्यार्थीहरूलाई नै परिचालित गरेर सञ्चालन गरिने जानकारी दिए । 
 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology