मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

वडाध्यक्ष

बालेन शाह

पोखरा महानगरपालिका

हेटौंडा उपमहानगरपालिका

रेसुंगा क्याम्पसमा स्नातक पढ्नेलाई नगरपालिकाले भर्ना गरिदिने

रेसुंगा बहुमुखी क्याम्पसमा स्नातक तह पहिलो वर्षमा भर्ना हुन चाहनेको शुल्क तिरिदने रेसुङ्गा नगरपालिका  नगरप्रमुख खिलध्वज पन्थीले बताए ।

Mayorsap

आइत, साउन २७, २०८१ | १३:१२ बजे

गुल्मीको रेसुङ्गा नगरपालिकाले सदरमुकाम तम्घासको रेसुंगा बहुमुखी क्याम्पसमा स्नातक पढ्न चाहने विद्यार्थीको भर्ना गरिदिने भएको छ । 



रेसुंगा बहुमुखी क्याम्पसमा स्नातक तह पहिलो वर्षमा भर्ना हुन चाहनेको शुल्क तिरिदने रेसुङ्गा नगरपालिका  नगरप्रमुख खिलध्वज पन्थीले बताए । क्याम्पसमा  विद्यार्थी संख्या वृद्धि गर्ने उद्देश्यले नगरपालिकाले भर्ना शुल्क तिरिदिन लागेको हो । क्याम्पसले स्नातक प्रथम वर्षको भर्ना शुल्क ६ हजार १५० रुपैयाँ तोकेको छ । नगरपालिकाले यस वर्ष ३०० जना विद्यार्थी भर्ना गर्ने लक्ष्य लिएको नगरप्रमुख पन्थीले बताए । 
 


नगरपालिकाले यसअघि क्याम्पस आर्थिक संकटमा परेको भन्दै १ करोड रुपैयाँ सहयोग गरेको थियो ।  सदरमुकाम तम्घासमा समुदायबाट सञ्चालित क्याम्पसमा पछिल्लो समय विद्यार्थी भर्ना हुने दर घट्दै गएको छ । हाल रेसुङ्गा बहुमुखी क्याम्पसमा विभिन्न तहमा ७७९ जना विद्यार्थी अध्ययनरत रहेका क्याम्पस प्रमुख हरिबहादुर केसीले बताए ।


स्नातक तह र स्नातकोत्तर तह अध्यापन गराउदै आएको क्याम्पसमा पढ्न मासिक शुल्क ९५० रुपैयाँ लाग्ने क्याम्पसले जनाएको छ ।  रेसुङ्गा नगरपालिकाले एसईईमा ३ दशमलव २ जीपीए ल्याएर उतीर्ण गरेर नगरपालिका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको लागि मासिक १ हजार रुपैयाँ छात्रवृत्ति दिँदै आएको छ ।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology