भानु नगरपालिकाका विद्यालयमा स्थानीय पाठ्यक्रम लागु
नगरपालिकाले कक्षा १ देखि ८ सम्मका लागि स्थानीय पाठ्यपुस्तक ‘हाम्रो भानु’ लागू गरेको हो ।
Mayorsap
आइत, साउन २७, २०८१ | ११:२८ बजे
तनहुँको भानु नगरपालिकाका विद्यालयमा स्थानयि पाठ्यपुस्तक पढाइ हुन थालेको छ । नगरपालिकाले कक्षा १ देखि ८ सम्मका लागि स्थानीय पाठ्यपुस्तक ‘हाम्रो भानु’ लागू गरेको हो ।
नगरको शिक्षा शाखा प्रमुख धु्रवराज पौडेलले शैक्षिक क्षेत्रमा पहिलो चरणमा गत शैक्षिकसत्रमा कक्षा १ देखि ५ सम्म र चालु शैक्षिकसत्रमा कक्षा ६ देखि ८ सम्मका लागि पाठ्यपुस्तक निर्माण गरी सबै विद्यालयमा वितरण गरेको बताए । आधारभूत तह कक्षा १–८ सम्म नै पाठ्यपुस्तक तयार गरी कार्यान्वयनमा ल्याउने भानु तनहुँ जिल्लाको पहिलो स्थानीय तह बनेको छ ।
स्थानीय जनप्रतिनिधि, शिक्षकका पेशागत सङ्गठन, प्रधानाध्यापक, शिक्षक, बुद्धिजीवीलगायतको सहयोगमा निर्माण गरिएको पाठ्यक्रममा भानुको मौलिक पहिचान जनाउने विषय समावेश गरिएको छ ।