मेयरसाप

केपी ओली

भरतपुर महानगरपालिका

राजनीति

सम्पादकीय

स्वास्थ्य

हेटौंडा उपमहानगरपालिका

मालिका गाउँपालिका

कर्मचारी

कालीगण्डकी गाउँपालिका, स्याङ्जा

चन्द्रकोट गाउँपालिका

सूर्यविनायक नगरपालिका १७औँ नगर अधिवेशन

नाम्खा गाउँपालिका– ६ को लिमीमा पत्ता लाग्यो नयाँ झरना

लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले यस वर्ष लिमीको हल्जी गाउँको उत्तरको काँच्यो भन्ने स्थानमा झरना (स्थानीय भाषामा ख्याकाप) पत्ता लागेको र जुन निक्कै अग्लो रहेको जानकारी दिए।

Mayorsap

सोम, साउन २८, २०८१ | ०६:२९ बजे

नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीको हल्जी गाउँको उत्तरतर्फ पर्ने काँच्यो क्षेत्रमा नयाँ झरना पत्ता लागेको छ । 

 

लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले यस वर्ष लिमीको हल्जी गाउँको उत्तरको काँच्यो भन्ने स्थानमा झरना (स्थानीय भाषामा ख्याकाप) पत्ता लागेको र जुन निक्कै अग्लो रहेको  जानकारी दिए। उक्त झरना करिब डेढ सय मिटर अग्लो रहेको बताउँदै वडा अध्यक्ष तामाङले  यो पर्यटकीय क्षेत्र समेत रहेको बताए। 

 

काँच्यो  क्षेत्रमा रहेको ताल हेर्न जाने क्रममा लिमीको हल्जी गाउँका स्थानीयले सो झरना पत्ता लगाएका हुन् । निक्कै अग्लो स्थानमा रमणीय देखिने झरनाका लागि आवश्यक पूर्वाधारको विकास गर्न पर्ने उनको भनाई छ । सो क्षेत्र पाँच हजार दुई मिटर उचाइमा रहेको तर बाटोको व्यवस्था समेत नभएका कारण ताल जस्तै झरना पनि ओझेलमा पर्ने उनले बताए । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology