मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

वडाध्यक्ष

बालेन शाह

पोखरा महानगरपालिका

हेटौंडा उपमहानगरपालिका

त्यसपछि तीन घण्टा लगाएर स्वास्थ्यकर्मी र वडाध्यक्षले बोकेर पुर्याए सुत्केरीलाई घर

डिहीगाउँ अदुवाबारीकी रमिला विश्वकर्माले सिमपानी स्वास्थ्य चौकीमा छोरीलाई जन्म दिइन तर, घर फर्कने क्रममा उनलाई स्ट्रेचरमा बोक्ने मान्छे नभेटिएपछि स्वास्थ्यकर्मीको टोलीले जनप्रतिनिधिहरूसँगको समन्वयमा उनलाई घरसम्म पुर्‍याउने निर्णय गरेको हो ।

Sushmita Baniya

सोम, साउन २८, २०८१ | १३:१५ बजे

खोटाङको खोटेहाङ गाउँपालिका–८, सिमपानीमा एक सुत्केरी महिला र उनको नवजात शिशुलाई स्वास्थ्यकर्मीहरूले स्ट्रेचरमा बोकेर घरसम्म पुर्‍याएका छन्। गाउँका अधिकांश युवा वैदेशिक रोजगारीमा रहेकाले सुत्केरी महिलालाई घर लैजाने मान्छेको अभाव भएपछि स्वास्थ्यकर्मी र वडाका जनप्रतिनिधिको टोलीले सुत्केरी महिला र उनको नवजात शिशुलाई घर पुर्याएको हो।

 

डिहीगाउँ अदुवाबारीकी रमिला विश्वकर्माले सिमपानी स्वास्थ्य चौकीमा छोरीलाई जन्म दिइन तर, घर फर्कने क्रममा उनलाई स्ट्रेचरमा बोक्ने मान्छे नभेटिएपछि स्वास्थ्यकर्मीको टोलीले जनप्रतिनिधिहरूसँगको समन्वयमा उनलाई घरसम्म पुर्‍याउने निर्णय गरेको हो । सिमपानी स्वास्थ्य चौकीका प्रमुख जनस्वास्थ्य निरीक्षक नवराज राईका अनुसार, जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरूको टोलीले तीन घण्टा लगाएर रमिलालाई घरसम्म पुर्‍याएको हो।

 

रमिलाका श्रीमान् दिल्लीमा मजदुरी गरिरहेका छन्। गर्भजाँचका लागि साउन २३ गते एक्लै स्वास्थ्य चौकी पुगेकी रमिलाले साउन २४ गते पहिलो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी थिइन्। घरमा सासूससुरा र जेठाजु मात्र भएका कारण उनलाई घरसम्म लैजाने मान्छेको अभाव भएपछि वडाध्यक्ष चन्द्रबहादुर थापा, वडा सदस्य कमला राउत, र स्वास्थ्यकर्मीहरूको टोलीले उनलाई स्ट्रेचरमा बोकेर घर पुर्‍याएका थिए।

 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology