मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

बालेन शाह

पोखरा महानगरपालिका

विद्यालय

उपनिर्वाचन

कावासोती नगरपालिकाद्वारा विद्यार्थीलाई छात्रवृत्ति

विज्ञान विषय पढाइ हुने शिव माध्यमिक विद्यालयका पाँच र त्रिभुवन बाल माध्यमिक विद्यालयमा अध्ययन गर्ने पाँच गरी १० जना विद्यार्थीलाई नगर विशेष छात्रवृत्ति प्रदान गरेको हो ।

Mayorsap

सोम, साउन २८, २०८१ | १४:१३ बजे

नवलपुरको कावासोती नगरपालिकाले सामुदायिक विद्यालयमा विज्ञान विषय पढ्ने विद्यार्थीलाई नगर विशेष छात्रवृत्ति प्रदान गरेको छ ।

 

विज्ञान विषय पढाइ हुने शिव माध्यमिक विद्यालयका पाँच र त्रिभुवन बाल माध्यमिक विद्यालयमा अध्ययन गर्ने पाँच गरी १० जना विद्यार्थीलाई नगर विशेष छात्रवृत्ति प्रदान गरेको हो  । कावासोती नगर शिक्षा अधिकृत राजन पाण्डेले विगतमा दिइँदै आएको प्राविधिकतर्फको छात्रवृत्तिलाई निरन्तरतासँगै यस वर्षबाट विज्ञान संकायतर्फ थप विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको जानकारी दिए ।  उने भने, “आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रममार्फत नगरपालिकाले विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने नीति लिएको थियो ।

 

कावासोती नगरपालिकाले यसअघि नगरपालिकाभित्र प्राविधिकधारका कक्षा सञ्चालन हुने जनता माध्यमिक विद्यालय मगरकोट र शहिद स्मृति माध्यमिक विद्यालयमा अध्ययन गर्ने ५–५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

 

छनोट भएका विद्यार्थीले कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्न पाउनेछन् ।  छात्रवृत्तिका लागि छनोट भएको प्रतिविद्यार्थी वापत नगरपालिकाले विद्यालयलाई ५२ हजार रुपियाँका दरले दुई लाख ६० हजार रुपियाँ उपलब्ध गराउनेछ । जसबाट विद्यार्थीले कक्षा ११ र १२ मा निःशुल्क अध्ययन गर्न पाउने नगर शिक्षा अधिकारी क्षेत्रबहादुर भण्डारीले बताए ।

 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology