मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

बालेन शाह

पोखरा महानगरपालिका

विद्यालय

उपनिर्वाचन

मनरा शिसवा नगरपालिकामा ‘घर घरमा डाक्टर’ अभियान

नगरपालिकाले प्रत्येक वडामा स्वास्थ्यकर्मी परिचालित गरी जनताको घरमै सेवा पुर्याउन ‘घरदैलो सामुदायिक स्वास्थ्य कार्यक्रम’ सञ्चालमा ल्याएको हो ।

Mayorsap

सोम, साउन २८, २०८१ | १५:१४ बजे

महोत्तरीको मनरा शिसवा नगरपालिकाले स्वास्थ्य सेवामा सहज पहुँचका लागि ‘घर घरमा डाक्टर’ अभियान सञ्चालन गरेको छ ।

 

नगरपालिकाले प्रत्येक वडामा स्वास्थ्यकर्मी परिचालित गरी जनताको घरमै सेवा पुर्याउन ‘घरदैलो सामुदायिक स्वास्थ्य कार्यक्रम’ सञ्चालमा ल्याएको हो । स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेको मनरासिसवाले १२ औँ नगर सभाबाट स्वीकृत कार्यक्रम अनुसार प्रत्येक वडाको घरदैलोमै स्वास्थ्य सेवा विस्तार गरेको नगरप्रमुख मोहन पाण्डेयले बताए । पहिलो महिनामै जनतामा सन्तुष्टि र पृष्ठपोषण राम्रो पाइएकाले यो सेवाले नगरको स्वास्थ्य क्षेत्रमा अनुकूल प्रभाव पार्ने सङ्केत गरेको नगरप्रमुख पाण्डेयको भनाइ छ ।

 

भौगोलिक अवस्थितिको हिसाबले भारतको विहारसँग दक्षिणी सीमा जोडिएको मनरासिसवाको जनघनत्व सबैभन्दा बढी छ । १० वटा वडा भएको यस नगरपालिकाको जनसङ्ख्या ५२ हजार छ । यहाँ एक आधारभूत नगर अस्पताल, छ वटा वडामा स्वास्थ्य चौकी र तीन वडामा आधारभूत स्वास्थ्य सेवा छन् । सबै स्वास्थ्य संस्थामा गरी एक जना मेडिकल अफिसरसहित ८० जना स्वास्थ्यकर्मी कार्यरत छन् ।

 

‘घर घरमा डाक्टर’ कार्यक्रम अन्तर्गत हरेक वडामा महिला र पुरुष गरी कम्तीमा दुई जना स्वास्थ्यकर्मी खटाइने व्यवस्था मिलाइएको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र यादवका अनुसार नगरपालिकाको ग्रामीण भेगका अधिकांश बासिन्दा आफ्नो स्वास्थ्यप्रति खासै संवेदनशील देखिँदैनन् । व्यथा लुकाउने र रोगलाई नियति ठान्ने प्रवृत्ति सबैभन्दा ठुलो समस्या छ ।

 

सामुदायिक स्वास्थ्य कार्यक्रम अन्तर्गत घरदैलोमै पुगेका स्वास्थ्यकर्मीले सामान्य जाँचका साथै सुगर, प्रेसर, गर्भवती जाँच, परिवार नियोजनलगायत स्वास्थ्य परामर्श दिने गरेका छन् ।

 

 

 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology