Ad Image

सडक बालबालिकाको तथ्यांकन संकलन गर्ने जिम्मा स्थानीय तहलाई (पत्रसहित)

User Image Mayorsap | ९ महिना अगाडि
Image of storage/news/1723461636.jpg

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सडक बालबालिकाको तथ्यांक संकलन गर्न स्थानीय तहलाई निर्देशन दिएको छ ।

 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको पत्राचारको आधारमा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहलाई पत्र पठाउँदै सडक बालबालिकाको तथ्यांक संकलन गर्न निर्देशन दिएको हो। ७५३ वटै स्थानीय तहलाई पठाएको पत्रमा सडक बालबालिकाको तथ्यांक संकलन गरेर विद्युतीय माध्यममार्फत प्रविष्ट गर्न भनिएको छ ।

 

केपी शर्मा ओली प्रधानमन्त्री भएपछि गएको असार ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले ‘संवत् २०८२ साल असार मसान्तसम्ममा नेपाललाई सडक बालबालिका मुक्त बनाउने निर्णय गरेको थियो । सोही निर्णय भएबमोजिम यसको कार्यान्वयनको लागि देशभर रहेका सडकमा आश्रित सडक बालवालिकाको खण्डिकृत तथ्यांक संकलनको लागि सबै स्थानीय तहलाई निर्देशन दिइएको हो ।

 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सडक बालबालिकाको तथ्यांक संकलन गर्न स्थानीय तहलाई  दिएको निर्देशन पत्र हेर्न यहाँ क्लिक गर्नुहोस ।