मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

वडाध्यक्ष

बालेन शाह

पोखरा महानगरपालिका

हेटौंडा उपमहानगरपालिका

बजेट सार्वजनिक गर्न धनगढीमाई नगरपालिकाका वडाध्यक्षहरुको २४ घन्टे अल्टिमेटम

१० असारमा ल्याउनुपर्ने बजेट अहिलेसम्म नआएपछि वडाध्यक्षहरु बजेट ल्याउन नगरसभाको बैठक डाक्न मेयरलाई दवाब दिदै आन्दोलनमा उत्रिएका हुन् ।

Mayorsap

मंगल, साउन २९, २०८१ | ०९:०२ बजे

चालू आवको लागि अहिलेसम्म पनि बजेट ल्याउन नसकेको सिराहाको धनगढीमाई नगरपालिकाका वडाध्यक्षहरु नगरसभा बोलाउन माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।  

१० असारमा ल्याउनुपर्ने बजेट अहिलेसम्म नआएपछि वडाध्यक्षहरु बजेट ल्याउन नगरसभाको बैठक डाक्न मेयरलाई दवाब दिदै आन्दोलनमा उत्रिएका हुन् । बहुमत वडाध्यक्षहरुले विज्ञप्ति जारी गर्दै संयुक्त रूपमा तीन सुत्रीय मागसहित आन्दोलनको घोषणा गरेका हुन् ।   



विज्ञप्तिमा सेवा प्रवाह र दैनिक प्रशासनिक कार्यलाई चुस्तदुरुस्त बनाउन अनुगमन तथा सुपरीवेक्षण कार्य गर्न छुट्टै संयन्त्र निर्माण गर्नुपर्ने, नगरपालिकामा देखिएका समस्या समाधान गर्न यथाशिघ्र कार्यपालिका बैठक आह्वान गर्नुपर्ने र नगरसभाको मिति तय गर्नुपर्ने माग राख्दै २४ घण्टे अल्टिमेटम दिएका छन् ।  

नगरपालिकाका १४ वडाध्यक्षमध्ये १० जना यस्तो संयुक्त हस्ताक्षरसहित यस्तो माग गरेका हुन् ।  
 नगर कार्यपालिका सदस्य र नगरप्रमुखबीच विवाद हुँदा पटकटपक नगरसभा स्थगित हुँदै आएको छ। नगरपालिकाको बजेट खर्चसहित हिसाब किताब मागेपछि नगरप्रमुख शिवशङ्कर महतोले नगरसभा गर्न आलटाल गर्दै आएको वडाध्यक्षहरूको आरोप लगाएका छन । 
 
 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology