मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

बालेन शाह

पोखरा महानगरपालिका

विद्यालय

उपनिर्वाचन

परोहा नगरपालिकाका मेयरले नगरवासीलाई दिए ८ हजार ग्यास र चुल्हो

परोहा नगरपालिका–४ मा रहेको विद्यालयको प्रांगणमा औपचारिक रुपमा कार्यक्रम आयोजना गरी मेयर शेख वकिलले चुल्होसहितको सिलिन्डर वितरण कार्यको सुरुवात गरेका छन् ।

Mayorsap

मंगल, साउन २९, २०८१ | ११:३७ बजे

रौतहटको परोहा नगरपालिकाको स्थानीयहरुलाई निशुल्क एलपिजी ग्यास सलिण्डर र चुल्हो सेट वितरण गरिएको छ । सोमवारबाट सुरु भएको यो कार्यक्रम धुवाँमुक्त नगर अभियानसँग सम्वन्धित भएको पालिकाले जनाएको छ ।

 

परोहा नगरपालिका–४ मा रहेको विद्यालयको प्रांगणमा  औपचारिक रुपमा कार्यक्रम आयोजना गरी मेयर शेख वकिलले चुल्होसहितको सिलिन्डर वितरण कार्यको सुरुवात गरेका छन् । आठौँ नगर सभाबाट पारित नीति कार्यक्रम अनुसार नगरको प्रत्येक घर परिवारलाई  पुग्ने गरी लगभग ७ हजार ५०० वटा ग्यास चुल्हो सेट वितरण गर्ने योजना र कार्यक्रमअन्तर्गत चुल्हो सहितको सिलिन्डर वितरण  गर्न लागिएको मेयर वकिलले जानकारी दिए ।

 

दाउरा, कोइला, गुइँठा जस्ता परम्परागत इन्धनमा आत्मनिर्भर ग्रामीण क्षेत्रका घर परिवार सम्म एलपीजी ग्यास जस्ता सफा खाना पकाउने इन्धनको पहुँच बिस्तार गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको मेयरको भनाई छ । पहिलो दिन परोहा नगरपालिका वडा नम्बर ३ तेजापाकडको स्थानीयलाई चुल्होसहितको ग्यास सिलिन्डर वितरण गरिएको छ । वडा नम्बर ३ का १ हजार २०० घर मध्ये सोमबार ७०० घरपरिवारलाई ग्यास सिलिन्डर, चुल्हो, रेगुलेटर, पाइप र ग्यास लाइटर दिइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहमद महफुज आलमले जानकारी दिए ।

 

 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology