मेयरसाप

केपी ओली

भरतपुर महानगरपालिका

राजनीति

सम्पादकीय

स्वास्थ्य

हेटौंडा उपमहानगरपालिका

लालबन्दी नगरपालिका

खोटेहाङ गाउँपालिका

स्थानीय तह

किसान

हुप्सेकोट गाउँपालिका

विनयी त्रिवेणी गाउँपालिकाको पहलमा वाल्मीकि आश्रम जान अब भारतको बाटोको आवश्यकता हट्यो

चितवनको माडी नगरपालिकामा रहेको वाल्मीकि आश्रममा अब भारतको बाटो प्रयोग नगरी नेपालकै भूमि हुँदै पुग्न सकिने भएको छ। विनयी त्रिवेणी गाउँपालिकाको पहलमा लवकुश झोलुङ्गे पुलदेखि वाल्मीकि आश्रमसम्म पदमार्ग निर्माण भएसँगै यो सम्भव भएको हो।

Mayorsap

मंगल, साउन २९, २०८१ | ०८:३० बजे

चितवनको माडी नगरपालिकामा रहेको वाल्मीकि आश्रममा अब भारतको बाटो प्रयोग नगरी नेपालकै भूमि हुँदै पुग्न सकिने भएको छ।  विनयी त्रिवेणी गाउँपालिकाको पहलमा लवकुश झोलुङ्गे पुलदेखि वाल्मीकि आश्रमसम्म पदमार्ग निर्माण भएसँगै यो सम्भव भएको हो। 

 

वाल्मीकि आश्रमलाई चितवनको सडक सञ्जालसँग जोड्न भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो, जसले धार्मिक पर्यटक र स्थानीयलाई असुविधा पुर्याउँदै आएको थियो। तर, स्थानीयहरूले श्रमदान गरेर करिब ३ किलोमिटर लामो पदमार्ग निर्माण गरेपछि यो बाध्यता हटेको छ। 

 

वाल्मीकि आश्रममा राम भगवानले सीतामातालाई वनबासका लागि राखेका थिए, जहाँ लवकुशको जन्म र सीतामाताको पाताल प्रवेश भएको विश्वास गरिन्छ। आश्रमसम्म पहुँच पुर्याउन गण्डक नदीमाथि बनेको झोलुङ्गे पुलको पूर्वी मुखदेखि आश्रमसम्मको पहुँच मार्ग निर्माणमा वागमती प्रदेश सरकारले २० लाख रुपैयाँ विनियोजन गरेको थियो।

 

भारतले आवश्यक मेसिनरी सामान लैजान बाटो प्रयोग गर्न नदिएपछि निर्माण कार्यमा कठिनाइ उत्पन्न भएको थियो। तर, स्थानीय समुदायको प्रयासले पदमार्ग निर्माण कार्य सम्पन्न भयो, जसले धार्मिक पर्यटकका लागि वाल्मीकि आश्रम पुग्न सहज बनाएको छ।

 

सोमबार त्रिवेणी गजेन्द्रमोक्ष दिव्य धामक्षेत्र विकास समितिको आयोजनामा पदमार्गको उद्घाटन गर्दै वाल्मीकि आश्रमसम्म पदयात्रा गरिएको थियो। कार्यक्रममा प्रदेश सभा सदस्य, पूर्व सांसद, स्थानीय जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकाय, धार्मिक अभियन्ता, पत्रकारसहित स्थानीयको सहभागिता रहेको थियो।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology