मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

बालेन शाह

पोखरा महानगरपालिका

विद्यालय

उपनिर्वाचन

चाँदबाग स्कुललाई एक हप्ताभित्र जग्गा खाली गर्न काठमाडौं महानगरको निर्देशन

सरकारी जग्गा हडपेर प्रयोग गर्दै आइरहेको बाँसबारीस्थित चाँदबाग स्कुललाई जग्गा खाली गर्न काठमाडौं महानगरले निर्देशन दिएको छ । आइतबार काठमाडौं महानगरको नगर प्रहरीसहितको टोली पुगेर एक साताभित्र उक्त जग्गा खाली गर्न निर्देशन दिएको हो ।

Mayorsap

मंगल, साउन २९, २०८१ | १५:२८ बजे

सरकारी जग्गा हडपेर प्रयोग गर्दै आइरहेको बाँसबारीस्थित चाँदबाग स्कुललाई जग्गा खाली गर्न काठमाडौं महानगरले निर्देशन दिएको छ । आइतबार काठमाडौं महानगरको नगर प्रहरीसहितको टोली पुगेर एक साताभित्र उक्त जग्गा खाली गर्न निर्देशन दिएको हो ।

 

महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले आगामी सोमबारभित्र उक्त स्कुलले जग्गा खाली गरिसक्नुपर्ने बताए । ‘सरकारी जग्गा भनेपछि छाड्नैपर्छ, सोमबारभित्र खाली भएन भने हामी आफैँ खाली गर्छौं,’ उनले भने, ‘सरकारी जग्गा संरक्षण गर्नु हाम्रो जिम्मेवारी हो ।’ उनका अनुसार १० रोपनी जग्गा वर्षौंदेखि विद्यालयले अतिक्रमण गर्दै आइरहेको थियो । चाँदबाग स्कुल चौधरी ग्रुपको हो । महानगरले यसअघि पनि जग्गा खाली गर्न स्कुललाई पटक–पटक निर्देशन दिँदै आइरहेको छ । स्कुल प्रशासनले जग्गा छाड्न अटेरी गर्दै आएको महानगरको भनाइ छ ।

 

भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले ८ साउन ०८१ मा सो जग्गाको स्रेस्ता तयार पारेको थियो । मालपोत कार्यालयले स्रेस्ता विवरण महानगरपालिका र वडा कार्यालयलाई समेत पठाएको थियो ।

 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology