मेयरसाप

बजेट

विद्यालय

आन्दोलन

राजनीतिक दल

वडा अध्यक्षले कर्मचारी पिटेपछि भंगहा नगरपालिकाको सेवा ठप्प

सोमबार वडा नम्बर ९ का मुकेशकुमार यादवले नगरपालिकामा कार्यरत अधिकृत छैठौं तहका कर्मचारी सूर्य नारायण ठाकुरमाथि कार्यकक्षमै हातपात गरेको भन्दै कर्मचारी आन्दोलित भएका हुन् ।

Mayorsap

बुध, साउन ३०, २०८१ | ११:३७ बजे

महोत्तरीको भंगहा नगरपालिकाका कर्मचारीले आफ्नो सहकर्मी जनप्रतिनिधिबाट कुटिएको भन्दै कार्यालयको कामकाज ठप्प पारेर आन्दोलनमा उत्रिएका छन् ।

 

सोमबार वडा नम्बर ९ का मुकेशकुमार यादवले नगरपालिकामा कार्यरत अधिकृत छैठौं तहका कर्मचारी सूर्य नारायण ठाकुरमाथि कार्यकक्षमै हातपात गरेको भन्दै कर्मचारी आन्दोलित भएका हुन् ।

 

मंगलबारबाटै सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका कर्मचारी बुधबार पनि काममा फर्किएका छन् । अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा ठप्प पारेर विरोधमा उत्रिएका कर्मचारीले घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको माग राखेका छन् । माग पूरा नभएसम्म सेवा ठप्प पार्ने चेतावनी दिएका छन् ।

 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology