मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

बालेन शाह

पोखरा महानगरपालिका

विद्यालय

उपनिर्वाचन

खजुरा गाउँपालिका–२मा एक लाख २० हजार डोज वीर्य उत्पादन

बाँकेको खजुरा गाउँपालिका –२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयले गत आर्थिक वर्ष २०८०–८१ मा राँगा, साँढे र बोकाको गरी एक लाख २० हजार डोज वीर्य उत्पादन गरेको छ ।

Mayorsap

बुध, साउन ३०, २०८१ | १२:०५ बजे

बाँकेको खजुरा गाउँपालिका –२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयले गत आर्थिक वर्ष २०८०–८१ मा राँगा, साँढे र बोकाको गरी एक लाख २० हजार डोज वीर्य उत्पादन गरेको छ ।

 

राष्ट्रिय पशु प्रजनन कार्यालय नेपालगन्ज गौघाटका कार्यालय प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा. खगेन्द्रराज सापकोटाले गत आर्थिक वर्षमा कार्यालयबाट राँगा, साँढे र बोकाको गरी एक लाख २० हजार २४५ डोज वीर्य उत्पादन गरिएको जानकारी दिए । उनका अनुसार गत आवमा नेपालगन्ज मुर्रा राँगाबाट ७१ हजार ६५० डोज, भारतीय मुर्रा राँगाबाट दुई हजार ६४३ डोज, गड्डी राँगाबाट एक हजार ७४ डोज गरी ७५ हजार ३६७ डोज राँगाको वीर्य उत्पादन भएको छ । जर्सी साँढेबाट पाँच हजार १९ डोज र होलिष्टेन साँढेबाट २२ हजार ९२५ डोज गरी २७ हजार ९४४ डोज साँढेको वीर्य उत्पादन गरिएको छ । बोयर बोकाबाट १६ हजार ९३४ डोज गरी गत आवमा जम्मा एक लाख २० हजार २४५ डोज वीर्य उत्पादन गरिएको छ ।

 

त्यसैगरी गत आवमा कार्यालयबाट ७० हजार ७० डोज वीर्य वितरण गरिएको छ । जसमध्ये, नेपालगन्ज मुर्राको २४ हजार १७२ डोज, जर्सी साँढेको २९ हजार ४१० डोज, होलिष्टेन साँढेको १२ हजार ९४९ डोज, विदेशी जर्सी साँढेको ५१५ डोज, होलिष्टेन साँढेको ५८ डोज र बोयर बोकाको दुई हजार ९६६ गरी जम्मा ७० हजार ७० डोज वीर्य वितरण गरिएको हो । भारतीय मुर्रा राँगाको वीर्य भने अझै वितरण गरिएको छैन ।

 

कार्यालयमा गत वर्ष भारत सरकारले नेपाललाई अनुदानमा दिएका तीन वटा उन्नत जातका मुर्रा राँगा छन् । गत मङ्गसिर ६ गते नेपालगन्ज ल्याइएका ती राँगा ७ गते राष्ट्रिय पशु प्रजनन कार्यालय गौघाट ल्याइएका थिए । तीनमध्ये दुईवटा राँगाबाट वीर्य सङ्कलन गरिए पनि परीक्षणकै क्रममा रहेको हुँदा अझ वितरण नगरिएको कार्यालयका पशु सेवा प्राविधिक देवनारायण जैसीले बताए । उनका अनुसार गत वर्ष ल्याइएका तीनवटा भारतीय राँगामध्ये दुईवटा राँगाबाट उत्पादन गरिएको दुई हजार ६४३ डोज वीर्य परीक्षणकै क्रममा रहेको छ । परीक्षणको सकारात्मक नतिजा आएपछि तत्काल भारतीय राँगाको वीर्य वितरण गरिनेछ ।

 

प्राविधिक जैसीका

अनुसार यस कार्यालयबाट मुर्रा राँगा, जर्सी साँढे र बोयर जातको बोकाबाट वीर्य सङ्कलन गरिँदै आइएको छ । जर्सी साँढेको गत वर्षबाट मात्र वीर्य उत्पादन थालिएको हो । राष्ट्रिय पशु प्रजनन कार्यालय नेपालगन्जलगायत पोखरा र लाहानबाट राँगो र साँढेबाट वीर्य सङ्कलन गरिँदै आए पनि बोयर बोकाबाट नेपालगन्ज कार्यालयबाट मात्र वीर्य सङ्कलन हुँदैआएको छ । पहिला पोखरा कार्यालयबाट बोकाबाट वीर्य सङ्कलन गरिदै आए पनि गत वर्षबाट त्यहाँ सङ्कलन गर्न छाडिएर नेपालगन्जबाट मात्र सङ्कलन हुन लागेको उनको भनाइ छ ।

 

कार्यालयमा हाल दुईवटा गड्डी, तीनवटा भारतीय र १० वटा नेपाली गरी १५ वटा मुर्रा राँगो, साँढे १२ वटा, बोका १८ वटा र बाख्रा ६ वटा गरी जम्मा ५१ वटा पशुचौपाया छन् । कार्यालयबाट जमेको वीर्य उत्पादन मात्र नभएर पशुलाई प्राकृतिक गर्भाधान पनि गराइने छ । गत वर्ष १६१ गाई, ५५१ भैंसी र ५५० बाख्रा गरी एक हजार २६२ वटा पशुलाई प्राकृतिक गर्भाधान गराइएको थियो । गाईलाई गर्भाधान गराए वापत ७५ रुपियाँ, भैंसीलाई एकसय रुपियाँ र बाख्रालाई २५ रुपियाँका दरले मूल्य निर्धारण गरी राजस्व सङ्कलन हुँदै आएको छ ।

 

आर्थिक वर्ष २०७९–८० मा राँगो, साँढे र बोका गरी जम्मा ४२ हजार ९४९ डोज वीर्य उत्पादन गरिएको थियो । ५७ हजार २२३ डोज वीर्य वितरण भएको थियो । आर्थिक वर्ष २०७८–७९ मा सात हजार ५७१ डोज वीर्य उत्पादन भएको थियो । आर्थिक वर्ष २०७८–७९ को असोज महिनाबाट कार्यालयबाट वीर्य उत्पादन सुरु गरिएको हो ।

 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology