Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

पातारासी गाउँपालिका अझै पनि अन्धकारमै, बिजुलीको पहुँच शून्य

गाउँपालिकाको गडीगाउँमा रहेका चुकेनी जलविद्युत् आयोजनाबाट ९९८ किलोवाट विद्युत् उत्पादन भइरहेको भए पनि, गाउँपालिकाका वडामा विद्युत् सेवा विस्तार गर्न नसक्दा स्थानीयहरू अझै पनि अन्धकारमै बस्न बाध्य छन्।

No Author Assigned | २०८१ साउन २७ गते ०६:४१
Image of storage/news/1723617689.jpeg

हुम्लाको पातारासी गाउँपालिका अझै पनि बिजुलीको उज्यालोबाट वञ्चित छ। नेपाल विद्युत् प्राधिकरणले जुम्ला जिल्लाका अन्य क्षेत्रमा बिजुली पुर्याए पनि पातारासी गाउँपालिकामा विद्युत् सेवा हालसम्म विस्तार हुन सकेको छैन।

गाउँपालिकाको गडीगाउँमा रहेका चुकेनी जलविद्युत् आयोजनाबाट ९९८ किलोवाट विद्युत् उत्पादन भइरहेको भए पनि, गाउँपालिकाका वडामा विद्युत् सेवा विस्तार गर्न नसक्दा स्थानीयहरू अझै पनि अन्धकारमै बस्न बाध्य छन्।

विद्युत् प्राधिकरणले अन्य स्थानीय तहहरूमा विद्युत् पुर्याउने प्रयास गरिरहेको भए पनि पातारासी गाउँपालिकामा यो सुविधा कहिले पुग्ने हो भन्ने अनिश्चितता कायमै छ।

Facebook Comments