मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

बालेन शाह

पोखरा महानगरपालिका

विद्यालय

उपनिर्वाचन

पहिरोले पुरिएर शिक्षिकाको मृत्यु

बिहीबार बिहान विद्यालय जाँदै गरेकी रावा बेसी गाउँपालिका–३ लामिडाँडाकी सावित्रादेवी नेवारको पहिरोले पुरिएर मृत्यु भएको हो ।

Mayorsap

बिही, साउन ३१, २०८१ | १४:४० बजे

खोटाङमा विद्यालय जाँदै गरेकी शिक्षिकाको पहिरोले पुरिएर मृत्यु भएको छ । बिहीबार बिहान विद्यालय जाँदै गरेकी रावा बेसी गाउँपालिका–३ लामिडाँडाकी सावित्रादेवी नेवारको पहिरोले पुरिएर मृत्यु भएको हो ।

 

विश्वज्योति मावि लामिडाँडामा कार्यरत शिक्षिका नेवारलाई वडा कार्यालय नजिकै पहिरोले पुरेको हो । विद्यालय पुग्न करिब डेढ सय मिटर बाँकी हुँदा उहाँलाई पहिरोले पुरेको रावा बेसी गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठले बताए ।  विद्यालय नजिकै वडा कार्यालय छ । वडा कार्यालय भन्दा करीब १०० मिटर नजिक उहाँलाई पहिरोले पुरेको हो ।

 

वडा कार्यालयबाट लामिडाँडा विमानस्थलतर्फ जाने एउटा सडक र रभुवा बजारतर्फ झर्ने अर्को सडक छुट्टिएको छ । तल्लो सडकबाट यात्रा गरिरहेकी शिक्षिका सावित्रादेवीलाई माथिल्लो सडकबाट झरेको पहिरोले पुरेको हो ।

 

शिक्षिका सावित्रादेवी त्यहाँ पुग्नुअघि केही व्यक्तिहरु उक्त ठाउँमा पहिरो गइरहेकाले फर्किएका पाइएको पालिका अध्यक्ष श्रेष्ठले बताए । उनी भने सोही बाटो विद्यालय जाँदै गर्दा पहिरोले पुरेको हो । उनीसँगै अगाडि हिँडिरहेका आफन्त भने भागेर जोगिएका छन् । शिक्षिका सावित्रादेवीलाई प्रहरी र स्थानीयले पहिरो खनेर मृत अवस्थामा निकालेकाको लामिडाँडाका वडाध्यक्ष वीन्द्र मगरले बताए ।

 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology