मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

बालेन शाह

पोखरा महानगरपालिका

विद्यालय

उपनिर्वाचन

हरिपुर्वा नगरपालिकामा भवन बनेर पनि अलपत्र सञ्चालन हुन सकेन अस्पताल

नगरपालिकाका जनप्रतिनिधिबिचको टकरावले गर्दा जिल्लाको दक्षिणपूर्वी ग्रामीण भेगस्थित हरिपुर्वा नगरपालिका–२ मा निर्माण भएको सुविधासम्पन्न अस्पताल भवन सञ्चालन हुन नसकेको हो ।

Mayorsap

बिही, साउन ३१, २०८१ | १५:२८ बजे

हरिपुर्वा नगरपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण भएको दुई वर्ष बितिसक्दा पनि अझै प्रयोगमा आउन सकेको छैन । तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री राजेन्द्र महतोले २०६९ साल जेठ २ गते शिलान्यास गरेको यो अस्पताल दुई वर्षअघि नै निर्माण सम्पन्न भएको थियो ।

 

नगरपालिकाका जनप्रतिनिधिबिचको टकरावले गर्दा जिल्लाको दक्षिणपूर्वी ग्रामीण भेगस्थित हरिपुर्वा नगरपालिका–२ मा निर्माण भएको सुविधासम्पन्न अस्पताल भवन सञ्चालन हुन नसकेको हो । हरिपुर्वा–२ का वडाध्यक्ष दिनेश राय यादवले अस्पताल सञ्चालन नहुँदा गाउँका गरिब तथा विपन्न परिवारका मानिस बिरामी पर्दा महँगो एम्बुलेन्स भाडा तिरेर अन्यत्र जान बाध्य रहेको बताउछन ।


अस्पताल भवन निर्माणका लागि हरिपुर्वा नगरपालिका–२ का स्थानीय विनोद साहले १० कट्ठा जग्गा निःशुल्क उपलब्ध गराएका थिए । तर, निर्माण भएको अस्पताल भवन भने दुई वर्षसम्म पनि अलपत्र परेपछि जग्गादाता साहसमेत चिन्तित भएका छन ।

 


 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology