मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

वडाध्यक्ष

बालेन शाह

पोखरा महानगरपालिका

हेटौंडा उपमहानगरपालिका

स्वास्थ्यमन्त्री पौडेलले राखे काठमाडौँ उपत्यकाका मेयरहरूको बैठक

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले काठमाडौँ उपत्यकाका मेयरहरुको बैठक राखेका छन् । मन्त्री पौडेलले काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय तहका प्रमुख र उपप्रमुखहरुको बैठक राखेका हुन् ।

Mayorsap

बिही, साउन ३१, २०८१ | १५:३४ बजे

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले काठमाडौँ उपत्यकाका मेयरहरुको बैठक राखेका छन् । मन्त्री पौडेलले काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय तहका प्रमुख र उपप्रमुखहरुको बैठक राखेका हुन् ।


डेंगी संक्रमण नियन्त्रणका लागि मन्त्री पौडेलले उपत्यकाका महानगर, उपमहानगर तथा नगरपालिका सदस्य रहेको काठमाडौँ उपत्यका मेयर्स फोरमलाई बोलाएर छलफल गरेका हुन् । साउनदेखि असोजसम्म डेंगी संक्रमणका घटना वृद्धि हुने भएकाले यसलाई भयावह हुन नदिन सबैको सहकार्य आवश्यक रहेको बताउँदै मन्त्री पौडेलले डेंगीनियन्त्रणलाई प्राथमिकतामा राखेर आमनागरिकलाई जोगाउनुपर्ने बताए ।


मन्त्रालयले देशैभर सातामा एक दिन एकै समयमा सफाइ गर्न लागेको बैठकमा जानकारी गराउँदै मन्त्री पौडेलले स्थानीय तह र प्रदेशको साथ र सहयोग प्राप्त भएमा देशैभर सफाइ अभियान चलाउने बताए । जवाफमा काठमाडौँ उपत्यकाका स्थानीय तहका प्रमुख तथा उपप्रमुखले डेंगीतथा हैजा नियन्त्रणमा सहकार्य गर्न तयार रहेका बताए ।


मन्त्री पौडेलले डेंगी सरसफाइका विषयमा वडा तहसम्म सचेतना विस्तार गरेर डेंगीसँगै हैजासमेत नियन्त्रण गर्न आग्रह गरे । यसका लागि आवश्यक सहयोग गर्न मन्त्रालय तयार रहेको मन्त्री पौडेलको भनाइ छ । मन्त्रालयले डेंगी जोखिमलाई ध्यानमा राखेर सातै प्रदेशका अस्पतालमा बेग्लै डेस्क राखेर उपचार थालेको मन्त्री पौडेलले जानकारी दिए । गाउँपालिका तथा नगरपालिका महासंघका प्रतिनिधिहरुले सहकार्य गर्ने मन्त्रालयको प्रस्ताव सकारात्मक रहेको बताए ।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology