Ad Image

बनगाड कुपिण्डे नगरपालिका– ५ की महिला बदेलको आक्रमणबाट घाइते

User Image Mayorsap | ९ महिना अगाडि
Image of storage/news/1723720746.jpg

सल्यानको  बनगाड कुपिण्डे नगरपालिका– ५  की  २७ वर्षीया बालिका विष्ट बँदेलको आक्रमणबाट घाइते भएकी छन ।

 

बजारबाट औषधि लिएर घर जाने क्रममा बँदेलले आक्रमण गरेको वडाध्यक्ष पिपर खत्रीले जानकारी दिए। सल्लीबजारबाट छोराछोरीलाई औषधि गरेर घर फर्कने क्रममा रतन खोलानजिकै बँदेलले आक्रमण भएको हो ।

 

घाइते महिलालाई सल्लीबजारस्थित सिटी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज पठाइएको छ।