मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

बालेन शाह

पोखरा महानगरपालिका

विद्यालय

उपनिर्वाचन

बाढीले राप्ती राजमार्ग अवरुद्ध

रुकुमपश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ११ र १२ मा पर्ने पितिबाङ खोलामा आएको बाढीको कारण राप्ती राजमार्ग अवरुद्ध भएको छ ।

Mayorsap

शुक्र, साउन ३२, २०८१ | १०:५३ बजे

रुकुमपश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ११ र १२ मा पर्ने पितिबाङ खोलामा आएको बाढीको कारण राप्ती राजमार्ग अवरुद्ध भएको छ । लगातारको वर्षाको कारण खोलामा आएको बाढीले खोला पार गर्न सक्ने अवस्था नभएपछि सडक अवरुद्ध भएको हो ।  

वर्षाका कारण पितिवाङ खोलाको बहाव समेत बढेकोले राप्ती राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक बखत बहादुर शाहीले जानकारी दिए । उनका अनुसार खोलामा रहेको कल्भर्ट क्रस गरेर खोला बढेको छ ।   

अहिले यस स्थानमा रुकुम पूर्व, रुकुम पश्चिम हुँदै सल्यान, दाङ, नेपालगन्ज र काठमाडौँ जाने र बाहिरबाट आउने दर्जनौँ सवारी साधनहरू रोकिएका छन् । पानीको सतह घट्ने बित्तिकै राजमार्ग सुचारु हुने बताइको छ । 


यो खोलामा निर्माणाधीन मोटरेबल पुल अलपत्र अवस्थामा रहेको छ । पुल नहुँदा बर्सेनि वर्षयाममा यसैगरी अवरुद्ध हुने गरेको छ । ठेकेदारको लापरबाहीको कारण यस स्थानमा सयौँ सर्वसाधारण तथा यात्रुहरूले सास्ती पाउने गरेका छन् ।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology