Ad Image

गाउँपालिकामा घर, नगरपालिकामा खेत

No Author Assigned | १० महिना अगाडि
Image of storage/news/1724061035.jpg

सिगास गाउँपालिका–१ र पाटन नगरपालिका–१० का स्थानीयवासीहरूको घर गाउँपालिकामा र खेत नगरपालिकामा पर्ने समस्या उत्पन्न भएको छ। 

 

सिगास–१ अन्तर्गतका बेसरा, अङ्गडेगाडा, दाब, बल्लेकाना, र जुकेपानी गाउँका विद्यार्थीहरूले अध्ययन गर्ने विद्यालय, गौरापर्व मनाउने मन्दिर, र चिहानघाट पाटन नगरपालिकामा परेको छ। पाटन–१०, बाडीखानाका किसानहरूको ढणारीखेत भने सिगास गाउँपालिका–१ मा परेको छ। मालपोत कर बुझाउन सिगास गाउँपालिका जानुपर्ने बाध्यताले स्थानीयहरू सास्ती भोग्न बाध्य छन्। 

 

वडाध्यक्ष धनबहादुर कुँवरले धार्मिक, सांस्कृतिक, र स्थानीय चाडपर्व मनाउन गाउँमा फाटो आएको बताएका छन्। एउटै संस्कृति र मन्दिर भएका ठाउँमा दुई ठाउँमा गौरा पर्व मनाउनु परेको कारणले स्थानीयहरूलाई थप असहजता भएको छ।