मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

बालेन शाह

पोखरा महानगरपालिका

विद्यालय

उपनिर्वाचन

बाँदर नियन्त्रणमा जुट्दै देवानगञ्ज गाउँपालिका

देवानगञ्ज गाउँपालिका ३ र ४ कप्तानगञ्जका स्थानीय बासिन्दा बाँदरको उपद्रोले आजित भएपछि बाँदर नियन्त्रणका लागि गाउँपालिकाले नियन्त्रण अभियान थालेको हो ।

Mayorsap

मंगल, भदौ ४, २०८१ | ०८:४६ बजे

देवानगञ्ज गाउँपालिकाले बाँदर नियन्त्रणको अभियान थालेको छ । 


देवानगञ्ज गाउँपालिका ३ र ४ कप्तानगञ्जका स्थानीय बासिन्दा बाँदरको उपद्रोले आजित भएपछि बाँदर नियन्त्रणका लागि गाउँपालिकाले नियन्त्रण अभियान थालेको हो । दशकयता बाँदरले किसानले लगाएको बालीमा क्षति गर्ने, बाटोमा हिँड्ने सर्वसाधारणलाई दुःख दिन थालेपछि बाँदर नियन्त्रणमा जुटेको देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद मेहताले जानकारी दिए ।



सीमका गाउँमा बाँदरले सर्वसाधारणले लगाएको तरकारी तथा फलफूल खाई नष्ट गर्ने, हुलकाहुल बालीमा पसेर कुल्ची दिने, मकैमा क्षति गर्ने दुःख दिन थालेपछि बाध्य भएर गाउँपालिकाले चालु आर्थिक वर्षमा बजेट नै विनियोजन गरेर बाँदर नियन्त्रण अभियान थालेको मेहताले बताए । 

 


भारतबाट आउने बाँदरको समूहले देवानगञ्ज गाउँपालिकामा आतङ्क मच्चाएको सयौंको गुनासो आएले गाउँपालिकाले नियन्त्रण अभियानमा जुटेको जनाएको छ । बाँदरबाट त्रसित र आजित भएका किसानले नियन्त्रणका लागि गाउँपालिकालाई गुहारेपछि बाँदर नियन्त्रणका लागि प्रविधि टोली नै परिचालन गरेको जनाएको छ ।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology