मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

वडाध्यक्ष

बालेन शाह

पोखरा महानगरपालिका

हेटौंडा उपमहानगरपालिका

हेटौंडा उपमहानगरमा आर्थिक सङ्कट, वडालाई बजेट खर्चमा रोक

आव २०८१/८२ का लागि बजेट निर्माण भएर कार्यान्वयनमा आएको महिना दिन पूरा भएसँगै उपमहानगरपालिकाले वडा कार्यालयलाई चालु आवको बजेट भदौ महिनाबाट खर्च गर्न रोक लगाएको हो ।

Mayorsap

बुध, भदौ ५, २०८१ | १०:४८ बजे

हेटौँडा उपमहानगरपालिका कार्यालयले वडा कार्यालयलाई चालु आर्थिक वर्षको बजेट खर्चमा रोक लगाएको छ । 

आव २०८१/८२ का लागि बजेट निर्माण भएर कार्यान्वयनमा आएको महिना दिन पूरा भएसँगै उपमहानगरपालिकाले वडा कार्यालयलाई चालु आवको बजेट भदौ महिनाबाट खर्च गर्न रोक लगाएको हो । नगर सभाबाट स्वीकृत आर्थिक ऐनले समग्र बजेट नै प्रभावित हुने भन्दै भदौ २ गतेबाट बजेट खर्च नगर्न उपमहानगरका १९ वटै वडा कार्यालयलाई परिपत्र गरेको छ । आर्थिक ऐन संशोधनका लागि दबाबमा परेकाले विनियोजन ऐनको संरचनासमेत परिवर्तन गर्नु परेको छ । चालु आवका लागि बनाइएको बजेट प्रभावित भई उपमहानगरपालिका आर्थिक सङ्कटमा पर्ने सङ्केत देखिएको छ । 

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमले खर्च दायित्व सिर्जना नगर्ने नगराउने भन्दै सबै वडा कार्यालयलाई परिपत्र गरेपछि यो अवस्था सिर्जना भएको बताए। गत असार ७ गते उपमहानगरको आर्थिक विधेयक र विनियोजन विधेयक नगर सभा सदस्यले छलफल गरी सर्वसम्मतिबाट स्वीकृत गरेको थियो । ऐन साउन १ गतेबाट कार्यान्वयनमा आएपछि उद्योगी व्यवसायीले करका दरमा गरेको वृद्धिप्रति असन्तुष्टि जनाएपछि नगर सभा सदस्यले त्रुटि भएको बताएका छन् । 

मकवानपुर उद्योग वाणिज्य सङ्घ (मउवासङ्घ), निर्माण व्यवसायी सङ्घ मकवानपुरलगायतका उद्योगी व्यवसायीले चरणबद्ध आन्दोलन गरेपछि यसअघि सर्वसम्मतिले बजेट पारित गर्ने नगर सभाका सदस्यहरू नै हस्ताक्षरसहित नगरप्रमुखसमक्ष विशेष नगर सभाको माग गरेका थिए । उद्योगी व्यवसायीको आन्दोलनपछि उपमहानगर र मउवासङ्घबिच उद्योगी व्यवसायीको मागलाई सम्बोधन गर्ने गरी आठबुँदे सहमति भएको छ । 

उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपाने विशेष नगर सभा आह्वानपछि आर्थिक ऐनको करका दरमा परिवर्तन गर्दा नगरको आम्दानीमा असर पर्ने बताए । विनियोजन ऐनसमेत प्रभावित भई समग्र बजेट नै प्रभावित हुने भएकाले तत्काललाई खर्च नगर्न वडा कार्यालयलाई आग्रह गरिएको जानकारी दिए । 

अनुदान र आम्दानीको स्रोत घट्दै गएपछि गत आवको भन्दा आकार घटाएर असार २ गते उपमहानगरपालिकाले चालु आवको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न दुई अर्ब ४३ करोड ८९ लाख ७१ हजार रुपियाँ बराबरको बजेट ल्याएको थियो ।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology