मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

बालेन शाह

पोखरा महानगरपालिका

विद्यालय

उपनिर्वाचन

बुद्धशान्ति गाउँपालिकामा फोहोरमैला व्यवस्थापनका लागि इन्सिनरेटरको व्यवस्था

गाउँपालिकाले बुद्धशान्ति १ निवासी सुजित बरालको पाँच कठ्ठा जमिन २० वर्षका लागि लिजमा लिएर फोहोरमैला व्यवस्थापनको संरचना तयार पारेको हो।

Mayorsap

शनि, भदौ ८, २०८१ | १०:४९ बजे

झापाको बुद्धशान्ति गाउँपालिकाले फोहोरमैला व्यवस्थापनका लागि इन्सिनरेटरको व्यवस्था गरेपछि झापाका पालिकाहरूमा अग्रणी बन्ने देखिएको छ। 


गाउँपालिकाले बुद्धशान्ति १ निवासी सुजित बरालको पाँच कठ्ठा जमिन २० वर्षका लागि लिजमा लिएर फोहोरमैला व्यवस्थापनको संरचना तयार पारेको हो। राष्ट्रिय योजना आयोगबाट गत वर्ष ९० लाख र यस वर्ष ८५ लाख रुपैयाँ विनियोजन गरिएको गाउँपालिका अध्यक्ष मनोज प्रसाईंले बताए। 


उनले अब गाउँपालिकाले स्रोतमै फोहोर वर्गीकरण गरी कुहिने फोहोरबाट मल उत्पादन र नकुहिने फोहोर इन्सिनरेटरमा जलाउने योजना बनाएको जानकारी दिए। यो इन्सिनरेटर वातावरणमैत्री भएको र इन्धन वा विद्युतको आवश्यकता नपर्ने बताइएको छ।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology