मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

बालेन शाह

पोखरा महानगरपालिका

विद्यालय

उपनिर्वाचन

खोटाङमा प्रमुख र अध्यक्षको नेतृत्वमा सडक मर्मत श्रमदान अभियान

खोटाङको जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राई र साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बिग्रिएका सडक मर्मत गर्न श्रमदान अभियान सुरु गरेका छन्।

Mayorsap

शनि, भदौ ८, २०८१ | १४:२४ बजे

खोटाङको जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राई र साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बिग्रिएका सडक मर्मत गर्न श्रमदान अभियान सुरु गरेका छन्। लगातारको वर्षाले स्थानीय सडकहरू बिग्रिएपछि यातायात ठप्प भएको अवस्थामा जनतासँगै प्रमुख र अध्यक्ष श्रमदानमा जुटेका हुन्।

 

सदरमुकाम दिक्तेल र साकेला गाउँपालिका जोड्ने सडक तथा विभिन्न अन्तरवडा कच्ची सडकहरू भत्किएपछि मर्मत गर्न श्रमदान अभियान सञ्चालन गरिएको हो। प्रमुख र अध्यक्षको नेतृत्वमा गाउँलेहरूले पनि सक्रिय रूपमा सहभागी भएर सडक मर्मत गरेपछि सवारी आवागमन सुरु भएको छ।

 

साकेला–२ रतन्छा खण्डमा पहिरो खसेर ठप्प भएको सडक मर्मतपछि शुक्रबार रातिदेखि यातायात सुचारु भएको छ। प्रमुख राईले बिहान ११ बजेदेखि राति ८ बजेसम्म श्रमदानमा सहभागी भएर सडक सुचारु गराएका हुन्।

 

समन्वय प्रमुख राईले श्रमदान अभियानलाई सार्थक मान्दै नागरिकको सहयोगले विकास र समृद्धिमा ठूलो योगदान हुने बताए। गाउँपालिकाको श्रमदान अभियानलाई स्थानीय नागरिकले पनि उत्साहपूर्ण साथ दिँदा सडक मर्मत कार्य सफल भएको छ।

 

अध्यक्ष राईले समृद्ध साकेला निर्माणका लागि स्थानीयबासीले यस्तै साथ दिएमा विकासका कार्यहरू सहजै पूरा हुने विश्वास व्यक्त गरेका छन्। श्रमदान अभियानपछि सबै वडाबाट गाउँपालिका केन्द्रसम्म यातायात नियमित भएको छ।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology