संविधान दिवस मनाउनेबारे देशभरका स्थानीय तहलाई मन्त्रालयको यस्तो निर्देशन (पत्रसहित)
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ मूल समारोह समितिका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा यही भदौ ९ गते बसेको बैठकले संविधान दिवस मनाउने निर्धारण गरिएका कार्यक्रम अनुमोदन गरेको थियो । सोहीअनुसार गृह मन्त्रालयको पत्राचारअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै स्थानीय तहलाई संविधान तथा राष्ट्रिय दिवस मनाउन निर्देशन दिएको हो ।
Mayorsap
आइत, भदौ १६, २०८१ | १३:४८ बजे
संविधानसभाबाट २०७२ असोज ३ गते संविधान जारी भएपछि नेपालले हरेक वर्ष असोज ३ गते संविधान तथा राष्ट्रिय दिवस मनाउने गरेको छ ।
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ मूल समारोह समितिका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा यही भदौ ९ गते बसेको बैठकले संविधान दिवस मनाउने निर्धारण गरिएका कार्यक्रम अनुमोदन गरेको थियो । सोहीअनुसार गृह मन्त्रालयको पत्राचारअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै स्थानीय तहलाई संविधान तथा राष्ट्रिय दिवस मनाउन निर्देशन दिएको हो ।
संघीय मन्त्रालयले स्थानीय तहलाई निर्देशन दिइएको पत्रमा उल्लेख छ, ‘गृह मन्त्रालयको च.नं. १०८ मिति २०८१/०५/ ११ को संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने सम्बन्धी पत्र र सो साथ प्राप्त संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ मूल समारोह समिति गठन एवम् अनुमोदित कार्यक्रम आवश्यक जानकारी तथा कार्यार्थ यसैसाथ संलग्न गरी पठाइएको व्यहोरा आदेशानुसार अनुरोध छ ।’
मन्त्रालयको यस्तो निर्देशन पढनका लागि यहाँ क्लिक गर्नुहोस