मेयरसाप

स्थानीय तह

केपी ओली

राजस्व

निर्माण

स्वास्थ्य क्लिनिक

संस्कृति

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय

जानकी गाउँपालिका

बसाइँसराइ

मध्यविन्दु नगरपालिका

बराहक्षेत्र नगरपालिका

सिराहा नगरपालिकाको बसबिटा गाउँमा वर्षौंभरि पानी जम्ने समस्या

कमला नदीको पूर्वी किनारामा रहेको बसबिटा गाउँका अधिकांश घरमा चार महिना पानी जमिरहने समस्या रहेको छ, जसले गर्दा सर्पको बिगबिगी हुने र बालबालिकाको सुरक्षा चुनौतीपूर्ण बनेको छ।

Mayorsap

मंगल, भदौ १८, २०८१ | ०६:३४ बजे

सिराहा नगरपालिका–६, बसबिटा गाउँमा वर्षाको पानी निकास नहुँदा स्थानीयवासीले असारदेखि कात्तिकसम्म घरआँगनमै पानी जम्ने समस्याको सामना गर्दै आएका छन्। कमला नदीको पूर्वी किनारामा रहेको बसबिटा गाउँका अधिकांश घरमा चार महिना पानी जमिरहने समस्या रहेको छ, जसले गर्दा सर्पको बिगबिगी हुने र बालबालिकाको सुरक्षा चुनौतीपूर्ण बनेको छ।

 

स्थानीय शान्तिदेवी यादवका अनुसार, गाउँमा पानी निकासको उचित व्यवस्था नहुँदा यो समस्या झनै जटिल बनेको छ। वडाध्यक्ष इन्द्रजित यादवले नाला निर्माणबिना पक्की सडक निर्माण गर्दा समस्या थपिएको बताए। हुलाकीमार्ग निर्माण समितिका संयोजक रामरिझन यादवले मधेश प्रदेशमा नालाबिनाको सडक निर्माणले विकासको नाममा विनास निम्त्याएको बताए।

 

सडक डिभिजन कार्यालय लहानका इन्जिनियर जिवछ यादवले पनि नालाबिना ढलान कार्य गरिएकोले समस्या बढेको बताए। वडाध्यक्ष इन्द्रजित यादवले पानी निकासका लागि सिराहा नगरपालिकासँग समन्वय गरिरहेको र समस्या समाधानका लागि नगरप्रमुख नवीनकुमार यादवले प्रतिबद्धता व्यक्त गरेको जानकारी दिए।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology