स्थानीय तह उपनिर्वाचनमा एमाले एक्लै प्रतिस्पर्धा गर्ने: अध्यक्ष ओली
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तहको उपनिर्वाचनमा एमाले एक्लै प्रतिस्पर्धा गर्ने स्पष्ट धारणा सार्वजनिक गरेका छन्।
No Author Assigned | २०८१ भदौ १९ गते ०१:५३
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तहको उपनिर्वाचनमा एमाले एक्लै प्रतिस्पर्धा गर्ने स्पष्ट धारणा सार्वजनिक गरेका छन्।
च्यासलस्थित पार्टी मुख्यालयमा मंगलबार पोलिटब्यूरो बैठक उद्घाटन गर्दै अध्यक्ष ओलीले आगामी उपनिर्वाचनमा कुनै पनि दलसँग तालमेल नगरी एक्लै चुनावी प्रतिस्पर्धा गर्ने बताए।
अध्यक्ष ओलीले पार्टीका सदस्यहरुलाई सोहीअनुसार तयारी गर्न निर्देशन दिँदै पछिल्ला निर्वाचनमा दलहरुले गठबन्धन बनाएर चुनाव लड्ने गरेको भए पनि अब स्थानीय तहको उपनिर्वाचनबाट एक्लै प्रतिस्पर्धा गर्ने अवस्थाको सुरुआत गर्नुपर्ने बताए।
Facebook Comments