मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

बालेन शाह

पोखरा महानगरपालिका

विद्यालय

उपनिर्वाचन

गुटु स्वास्थ्य चौकीको भवन १८ वर्षदेखि अलपत्र

पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–८, गुटुस्थित गुटु स्वास्थ्य चौकीको भवन निर्माण डेढ दशक बितिसक्दा पनि पूरा हुन सकेको छैन।

Mayorsap

आइत, भदौ २३, २०८१ | १४:३७ बजे

पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–८, गुटुस्थित गुटु स्वास्थ्य चौकीको भवन निर्माण डेढ दशक बितिसक्दा पनि पूरा हुन सकेको छैन। भवन निर्माणको काम २०६३ सालमा सुरु भए पनि ठेकेदार कम्पनीले अदालतमा मुद्दा हालेपछि यो काम बीचमै रोकिएको हो। 



१८ वर्षदेखि भवन अलपत्र परेपछि स्थानीय बासिन्दाको स्वास्थ्य सेवा प्रभावित भएको छ। जीर्ण घरबाट सेवा दिँदै आएको स्वास्थ्य चौकीमा हाल सुत्केरीगायत अन्य सेवाहरूमा कठिनाइ भोगिएको छ। स्वास्थ्य निरीक्षक गगन पाण्डेले लामो समयदेखि भवन नबन्दा गुणस्तरीय सेवा दिन नसकिएको बताउँदै छिटो निर्माण सम्पन्न गर्न आग्रह गरे । 



भवन निर्माणको काम ८० प्रतिशत पूरा भइसकेपछि ठेकेदार कम्पनीले अदालतमा मुद्दा हालेको थियो। भवनको छड र पिल्लर खिया लागिसकेका छन्। अख्तियारले अनियमितता भएको भन्दै मुद्दा दायर गरेपछि ठेकेदार कम्पनीले सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो। 



सर्वोच्चले असार १२ गते फैसला गरेको भए पनि अदालतको पूर्ण पाठ अझै नआएकाले काम अगाडि बढ्न सकेको छैन। ठेकेदार राजविन्द्रप्रताप सापकोटाको मृत्यु भइसकेको र पुरानो लागत २.५ करोड रुपियाँ रहेको जानकारी आएको छ। 



चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विकले अदालतको पूर्ण पाठ आएपछि काम पुनः सुरु गरिने बताए । जीर्ण भवनका कारण सेवाग्राही मर्कामा परेका छन्, र उपकरण तथा औजार राख्न समेत स्थान अभाव रहेको छ। 



स्वास्थ्य सेवा स्थानीय तहमा हस्तान्तरण भइसकेकाले, स्थानीय पालिकाले नै यसको व्यवस्थापन गर्नु पर्ने जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको छ।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology