मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

बालेन शाह

पोखरा महानगरपालिका

विद्यालय

उपनिर्वाचन

इन्द्रजात्रा २०८१ का लागि विशेष तयारी

काठमाण्डौ महानगरपालिकाले इन्द्रजात्रा २०८१ (येयाँ ११४४) सञ्चालनका लागि आवश्यक रकम निकासा गर्ने निर्णय गरेको छ।

Mayorsap

सोम, भदौ २४, २०८१ | ०८:५५ बजे

काठमाण्डौ महानगरपालिकाले इन्द्रजात्रा २०८१ (येयाँ ११४४) सञ्चालनका लागि आवश्यक रकम निकासा गर्ने निर्णय गरेको छ। 

काठमाडौं महानगरको विशेष कार्यक्रम सञ्चालन मूल समारोह समितिले बैठक गर्दै विगत वर्षका बाँकी रकम निकासा र यस वर्षको लागि बजेटको व्यवस्था गर्ने निर्णय गरेको हो। समितिको संयोजनमा आशामान संगत र अन्य पदाधिकारीहरूले यस विषयमा छलफल गरेका थिए। 


बैठकले असोज ३ गते विशेष पूजासहित परम्परागत नृत्य प्रदर्शन गर्ने निर्णय गरेको छ। प्रदर्शित नृत्यहरूमा लाखे आजु, पुलुकिसी, आकाश भैरव, महाकाली प्याखं लगायतका नाचहरू समावेश हुनेछन्। प्रवक्ता नविन मानन्धरले यस्ता परम्परागत नृत्यहरूको प्रवर्धन र मौलिक पक्षलाई जोगाउन विशेष नृत्य प्रदर्शनको परम्परा बसाउने प्रयास गरिएको जानकारी दिए ।

समितिका संयोजक संगतले गुठियारहरूको समस्यालाई नजिकबाट बुझ्ने र समाधान खोज्ने प्रयास भइरहेको बताउँदै, यस्ता जात्राहरूको संरक्षण गर्नु स्थानीय तहको दायित्व भएको उल्लेख गरे। वडाध्यक्ष मचाराजा महर्जनले वडाबाट कुमारी घरमा प्रकाश व्यवस्थाजस्ता काम भइरहेको जनाए। 

इन्द्रजात्रालाई विशेष बनाउन महानगरले तयारीलाई तीव्रता दिएको छ। यस अवसरमा लाखे आजु, आकाश भैरव, हलचोक भैरव, पुलुकिसी, र देवीसहितका तान्त्रिक नाचहरू प्रदर्शन हुनेछन्। साथै, दश अवतारलगायत पौराणिक कथामा आधारित नाटकहरू पनि मञ्चन गरिनेछ। 


कार्यक्रमहरू असोज १ गते मंगलबार कुमारी रथ यात्रा सुरु हुनेदेखि असोज ५ गते शनिबार राती १०:३१ बजे इन्द्रध्वज ढालेसम्म सञ्चालन हुनेछन्।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology