मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

बालेन शाह

पोखरा महानगरपालिका

विद्यालय

उपनिर्वाचन

सहिद स्मृति नगर अस्पतालले एक वर्षमा १५ हजारभन्दा बढी बिरामीलाई सेवा प्रदान

रुकुमपश्चिमकाे चौरजहारी नगरपालिका–१० मा रहेको सहिद स्मृति नगर अस्पतालले आर्थिक वर्ष २०८०/८१ मा १५ हजार २२६ बिरामीलाई सेवा प्रदान गरेको छ।

Mayorsap

सोम, भदौ २४, २०८१ | ११:४१ बजे

रुकुमपश्चिमकाे चौरजहारी नगरपालिका–१० मा रहेको सहिद स्मृति नगर अस्पतालले आर्थिक वर्ष २०८०/८१ मा १५ हजार २२६ बिरामीलाई सेवा प्रदान गरेको छ। अस्पताल प्रशासक विश्वप्रकाश ओलीका अनुसार, गाउँमै डाक्टरसहितको सेवा उपलब्ध भएपछि सर्वसाधारणको लागि उपचार सहज भएको र बिरामीको सङ्ख्या बढेको हो।

 

अस्पतालमा ३१२ जनाको माइनर सर्जरी र १०२ सुत्केरीका साथै दैनिक सात जनाभन्दा बढी बिरामी भर्ना हुने गरेको छ। एक्सरे सेवा १ हजार ८७८ जनाले लिएका छन् भने ल्याब सेवाबाट ६ हजार ८३८ जनाले लाभ लिएका छन्। परिवार नियोजन सेवामा २०१ जनाले सहभागिता जनाएका छन्।  

 

स्थानीयका अनुसार, अस्पताल सञ्चालन भएपछि सानोतिनो उपचारका लागि चौरजहारी मिसन अस्पताल वा जिल्लाबाहिर जानुपर्ने बाध्यता हटेको छ। अस्पतालका चिकित्सक विवेक केसीले ग्यास्ट्रिक र चोटपटक लागेका बिरामी बढी मात्रामा आउने गरेको जानकारी दिएका छन्।

 

अस्पतालले आकस्मिक सेवा, सुत्केरी, किशोरकिशोरीमैत्री, ल्याब, भिडियो एक्सरे, र ओपिडी सेवासमेत सञ्चालन गर्दै आएको छ, जसबाट रुकुमपश्चिम र सल्यानका बिरामी लाभान्वित भएका छन्।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology