Ad Image

काठमाडौँ महानगरपालिकामा विपद् व्यवस्थापनका लागि नगर प्रहरीका १७ टोली परिचालन

No Author Assigned | ९ महिना अगाडि
Image of storage/news/1727504833.jpg

निरन्तर वर्षाका कारण काठमाडौँ महानगरपालिकामा सिर्जना भएको विपद् व्यवस्थापन गर्न नगर प्रहरीका १७ वटा टोली परिचालन गरिएका छन्। यी टोलीमा अधिकृत र जवान गरी ३०० जनालाई डुबान भएका बस्ती, नदी किनारा, रुख ढलेर अवरोध भएको सडकजस्ता जोखिमपूर्ण स्थानहरूमा जनधनको क्षति न्यूनीकरणका लागि खटाइएको छ।

 

विपद् प्रभावित क्षेत्रहरूमा वंशीघाट (विश्व निकेतन विद्यालय पछाडि), कुशेश्वर, कपुर धारा, जडिबुटी, टेकु, स्वयम्भू, बसुन्धरा, कपन, शंखमुल, न्युरोड, गणेशस्थानलगायत स्थानमा समस्या समाधान भइरहेको छ। स्थानीयले दिएको सूचना र हटलाइन टेलिफोनमा आएका अनुरोधहरूलाई तत्काल सम्बोधन गर्ने प्रयास भइरहेको छ।

 

काठमाडौँ महानगरपालिकाले विपद् व्यवस्थापनका लागि सतर्कता अपनाउन र पूर्व तयारी गर्न आग्रह गरेको छ। जलजन्य विपद् (डुबान, कटान, बाढी, पहिरो) को जोखिम भए काठमाडौँ महानगरपालिकाका हटलाइनहरू १६६००१०५५११ वा ११८०, र महानगर प्रहरी बलको हटलाइन ९८५१३५६५०९ मा तत्काल सम्पर्क गर्न भनिएको छ। 

 

आपतकालीन अवस्थामा अस्पताल जान निःशुल्क एम्बुलेन्सको सेवा लिन १०२ मा फोन गर्न सकिन्छ।