मेयरसाप

विद्यालय

बागमती प्रदेशका १० जिल्लाका स्थानीय तहमा २१ जनाको मृत्यु, २५ जना बेपत्ता

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका, सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका, दोलखाको बिगु गाउँपालिका, धादिङको गंगाजमुना गाउँपालिका, सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका, मकवानपुरको इन्द्रसरोबर गाउँपालिका, चितवन, नुवाकोट, रसुवा, र रामेछापका स्थानीय तहका २१ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता भएका छन्।

Mayorsap

शनि, असोज १२, २०८१ | १७:३७ बजे

हेटौंडा । बागमती प्रदेशका १० स्थानीय तहमा ११ र १२ असोजका दिन बाढी, पहिरोलगायतका विपद्का घटनामा २१ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता भएका छन्। बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाका अनुसार दुई दिनको अवधिमा ३१ जना घाइते भएका छन्।

 

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका, सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका, दोलखाको बिगु गाउँपालिका, धादिङको गंगाजमुना गाउँपालिका, सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका, मकवानपुरको इन्द्रसरोबर गाउँपालिका, चितवन, नुवाकोट, रसुवा, र रामेछापका स्थानीय तहका २१ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता भएका छन्।

 

सबैभन्दा बढी काभ्रेको रोशी गाउँपालिकामा १० जनाको मृत्यु भएको छ। त्यहाँ ११ जना बेपत्ता र ११ जना घाइते भएका छन्। सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिकामा बाढी र पहिरोबाट ६ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता र १६ जना घाइते भएका छन्। दोलखाको बिगु गाउँपालिकामा पहिरोले ३ जनाको ज्यान गएको छ र १ जना घाइते भएका छन्।

 

धादिङको गंगाजमुना गाउँपालिका र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा एकरएक जनाको मृत्यु भएको छ। धादिङमा ३ जना बेपत्ता भएका छन्। मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा ७ जना बेपत्ता भएका छन्। इन्द्रसरोबर गाउँपालिका(३, बत्सलादेवी माविको एन्फा एकेडेमीमा रहेका बालक पहिरोले पुरिएको घटनामा ३ जनाको शव फेला परेको छ भने ३ जना अझै बेपत्ता रहेका छन्।

 

चितवन, नुवाकोट, रसुवा, र रामेछापका स्थानीय तहमा हालसम्म मानवीय क्षति नभएको जानकारी डीएसपी जितेन्द्र बस्नेतले दिनुभएको छ। विपद्‌बाट १५ वटा पशुचौपायाको मृत्यु भएको छ भने ६६ वटा घर पूर्ण रूपमा र २ वटा घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। १९२ परिवार प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएका छन्।

 

बाढी र पहिरोका कारण २ वटा पक्की पुल र १ वटा बेलिब्रिजमा क्षति पुगेको छ। ५९ वटा घर तथा कार्यालयहरू उच्च जोखिममा रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। उद्धार कार्यका लागि ४,११९ जना प्रहरी परिचालन गरिएको छ।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology