मेयरसाप

बजेट

विद्यालय

आन्दोलन

राजनीतिक दल

काठमाडौंमा बाढी–पहिरोको क्षतिसम्बन्धी अद्यावधिक विवरण

बाढी–पहिरोबाट काठमाडौंमा हालसम्म ११ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन्।

Mayorsap

शनि, असोज १२, २०८१ | १७:४७ बजे

काठमाडौं । अविरल वर्षाका कारण काठमाडौंमा बाढी र पहिरोले ठूलो क्षति पुर्याएको छ। बाढी–पहिरोबाट काठमाडौंमा हालसम्म ११ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन्।

 

प्रहरी र उद्धार टोलीले विभिन्न स्थानबाट १,१६० जनालाई उद्धार गरेको छ। उद्धार गरिएका स्थान र व्यक्तिको संख्या यसप्रकार छ:

- बानेश्वर शंखमुल दोभान क्षेत्र: ५ जना
- बल्खु कालिमाटी क्षेत्र: ७११ जना
- कीर्तिपुर TU क्षेत्र: १५१ जना
- थानकोट नागढूंगा र सुरुङ मार्ग क्षेत्र: १५२ जना
- स्वयम्भु ङचाङ्गुनारायण क्षेत्र: ३ जना
- काठमाडौं महानगरपालिका–१ बालमन्दिर क्षेत्र: ११० जना
- कोटेश्वर क्षेत्र (काठमाडौं–३२ बालकुमारी र झोलुङ्गे पुल नजिक): २८ जना

उद्धारका लागि ३,०६० जना प्रहरी परिचालन गरिएको छ। हालसम्म विभिन्न स्थानबाट ११ वटा शव फेला परेको छ भने ४ जना अझै पुरिएका छन्। तीमध्ये ३ जना स्वयम्भुको ङचाङ्गुनारायण क्षेत्र र १ जना फर्पिङ मख्खुबेसिबाट उद्धार गर्न बाँकी रहेको छ।

बाढी–पहिरोले ७४ वटा पशुचौपायाको मृत्यु भएको छ भने १,३४० वटा घरमा क्षति पुर्याएको छ। प्रहरीको ८ वटा युनिटमा पनि क्षति पुगेको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहेको जनाइएको छ।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology