मेयरसाप

स्थानीय तह

पहिरो

धरान उपमहानगरपालिका

बाढी

काठमाडौं महानगरपालिका

स्वास्थ्य क्लिनिक

बाढीबाट ललितपुर-१ वडा कार्यालयमा ८० लाखको क्षति: वडाअध्यक्ष तण्डुकार

उहाँले भन्नुभयो,“महानगरको जनस्वास्थ्य शाखाबाट वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन गरेका थियौँ । आधारभूत स्वास्थ्य केन्द्र तल्लो तलामा थियो । स्वास्थ्यका अत्याधुनिक उपकरणसहितका सामग्री डुबेका छन्,बाढीबाट करिब रु ८० लाख बराबरको क्षति भएको छ ।”

Mayorsap,विवेक मण्डल

बिही, असोज १७, २०८१ | १५:४६ बजे

काठमाडौँ
असोज १७ गते,
गत साता बागमती नदीमा आएको बाढीबाट ललितपुर महानगरपालिका–१ को वडा कार्यालयमा करिब रु ८० लाख बराबरको क्षति भएको छ । ललितपुरको कुपण्डोलस्थित बागमती कोरिडोरमा रहेको वडा कार्यालयको तल्लो तलामा बाढी पस्दा स्वास्थ्य उपकरण,महत्त्वपूर्ण कागजातलगायत सामग्री नष्ट भएको वडाध्यक्ष निर्मल तण्डुकारले जानकारी दिनुभयो । 
उहाँले भन्नुभयो,“महानगरको जनस्वास्थ्य शाखाबाट वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन गरेका थियौँ । आधारभूत स्वास्थ्य केन्द्र तल्लो तलामा थियो । स्वास्थ्यका अत्याधुनिक उपकरणसहितका सामग्री डुबेका छन्,बाढीबाट करिब रु ८० लाख बराबरको क्षति भएको छ ।”
बाढीले अल्ट्रासाउन्ड,इसिजी तथा प्रयोगशालामा प्रयोग हुने महत्त्वपूर्ण उपकरण,छ वटा कम्प्युटर र केही औषधिलगायत सामग्रीमा क्षति भएको छ । वडाध्यक्षसहित जनप्रतिनिधि वडा कार्यालयको व्यवस्थापनमा जुट्नुभएको छ । 
कार्यालयको माथिल्लो तलाबाट सेवा प्रवाह गरिरहेको वडाध्यक्ष तण्डुकारले जानकारी दिनुभयो । कार्यालयको माथिल्लो तलामा क्षति कम भएकाले महत्त्वपूर्ण सेवा प्रवाह नरोकिएको उहाँले बताउनुभयो । 
 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology